​चट्याङ लागेर एक जनाको मृत्यु
Posted on: Apr 02, 2017


मेलम्ची, २० चैत्र ।
शनिबार साँझ परेको चट्याङबाट सिन्धुपाल्चोक जुगल गाउँपालिका ८ खाटेकुनामा एक महिलाको ज्यान गएको छ । साँझ खाना पकाउँँदै गरेको अवस्थामा स्थानीय सानुकान्छी तामाङको घटना स्थलमै निधन भएको हो । सँगै रहेकी उनकी बुहारी शुभरानी तामाङ घाइतेभएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक रविन्द्र केसीले जानकारी दिनुभयो ।

शनिबार आएको हावाहुरीले जिल्लाभर घरटहराहरुमा क्षती पुर्याउँदा समस्या सिर्जना भएको छ । 


Comments