​तिन ठुला पार्टिले गर्दा पुन निर्माणले गति लिएन ः राणा
Posted on: Apr 02, 2017


देवराज सुवेदी 
मेलम्ची, २० चैत्र
राष्टिय प्रजातन्त्र पार्टिका बरिष्ठ नेता पशुपति शम्सेर जवराले काँग्रेस, एमाले र माओवादीका कारण भुकम्पको २३ महिनासम्म पनि पुननिर्माणको कामले गति लिन नसकेको आरोप लगाउनुभएको छ । राप्रपा मेलम्ची नगरपालिकाको ११ नं. वडा भेलालाई शनिबार मेलम्चीमा सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो । 
उहाँले आज कुनै पार्टिले पुन निर्माणको काम गर्न नसकेकोले आफ्नो पार्टिको अध्यक्ष नै उपप्रधानमन्त्रीको रुपमा  सरकारमा गएको र अब पुन निमाणले गति लिने दाबि गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै राप्रपाका गणेश विक्रम सिलवाल, फणिन्द्र दाहाल, चलन बहादुर तामाङ, उदय सापकोटा लगायतले अब राप्रपा मुख्यराजनैतिक शक्तिको रुपमा स्थापित हुने दावी गर्नुभयो । 
भेलाले रामबहादुर सापकोटाको अध्यक्षतमा ४२ सदस्यीय वडा कार्यसमिति समेत चयन गरेको छ । 


Comments