खानेपानी तथा सरसफाइ मन्त्रीद्धारा असोजभित्र मेलम्ची आयोजना सम्पन्न गर्न निर्देशन
Posted on: Apr 06, 2017


मेलम्ची, २४ चैत्र । 

खानेपानी तथा सरसफाइ मन्त्री जिवन बहादुर शाहिले २०७४ सालको असोज भित्र मेलम्ची खानेपानी काठमाण्डौ पुर्याउने गरी काम गर्न सरोकारवालाहरुलाइ निर्देशन दिनुभएको छ । बुधबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानीको सुरुङ्ग निरीक्षण गर्ने क्रममा उहाँले सरोकारवालाहरुलाइ यस्तो निर्देशन दिनुभएको हो । उहाँले छिटो र गुण्स्तरीय काम गरे जनता समक्ष राम्रो सन्देश जाने उल्लेख गर्नुभयो ।

मेलम्ची खानेपानी विकास समितीका कार्यकारी निर्देशक घनश्याम भटराईले ३।९ किलोमिटर मात्र सुरुङ्ग खन्न बाकिँ रहेको जानकारी गराउदैँ असोज भित्रै मेलम्ची खानेपानी काठमाण्डौ पुर्याउने गरी दुत गतीमा काम भइरहेको जानकारी दिनुभएको छ ।


Comments