​मेलम्चीमा बन्योे मनछुने म्युजिक भिडियो
Posted on: Apr 11, 2017


मेलम्ची । 
माया भन्ने शब्द आफैंमा एउटा एउटा यस्तो भाव हो कि संसारका हरेक चिजहरु यसैको आधारमा संरक्षित र परम्परित हुँदै आएका हुन्छन् । यसर्थ संसार माँयामा अडेको छ, सायद यो मांया भन्ने चिज नभएको भए संसार यति सुन्दर पनि हुने थिएन होला । तर पनि माया अनन्त हुनछ । यसको न कुनै सीमा छ । न कुनै बन्धन । कुनै बेला मांया फुलेर संसारलाई सुगन्धित बन्दछ भने कहिलेकाँही तिनै मायाहरु कोपिलामै र्मिममतापूर्वक मारिन्छन् र संसारको सौन्दर्यलाई समेत लुटिन्छन् । 
त्यस्तै माया गर्नेहरुको एक प्रतिनिधि बनेको छ रामराज स्याङबोको लय, स्वर, शब्द र टिका बोम्जनको संगितमा रहेको दुःख पर्दा बोलको गितको म्युजिक भिडियो । जसमा ओम तामाङ वाईवा, सञ्जु केशि, प्रकाश खड्का र निशान अधिकारीको अभिनयमा रहेको छ । म्युजिक भिडियो हेरेपछि बिछोडिएका मनहरुमा अवस्य पनि आँसुले परेलिको बाँध तोड्न बाध्य हुन्छन् । मेलम्चीमा रहेको ओम कला केन्द्रको पहिलो प्रस्तुति रहेको सो म्युजिक भिडियो निर्माणमा क्यामेरा प्रकाश वाईवाले गर्नुभएको छ भने श्रृगार विना घलेले गर्नुभएको छ । भिडियो सम्पादन रोशन फयुवा तामाङको रहेको छ । ओम तामाङले पहिलो पटक यो भिडियो निर्देशन गर्नुभएको हो । भिडियोमा मेलम्ची र छाप भञ्जयाङका केहि दृष्यहरु कैद गरिएको छ । 
भिडियो हेर्नको लागि यो लिंकमा जानुहोला >>

https://www.youtube.com/watch?v=kDykKxLmFYs


Comments