मेलम्ची भेगको मुख्य पर्यटकीय स्थल
Posted on: Nov 18, 2016



हेलम्बु :
हेलम्बू बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगमा रहेको एउटा रमणिय पर्यटकीय क्षेत्र हो्र
सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ । देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू पुगिन्छ । मेलम्ची नदीको उद्गम स्थल हो हेलम्बु । 
हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन, ह्योल्मो संस्कृतिको बारेमा जानकारी पाउन सकिन्छ । शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झण्डा अध्ययनका नयाँनयाँ विषय हुन् । हेलम्बू स्याउका निम्ति पनि प्रसिद्ध छ तर हाल यसको उत्पादनले त्यति प्रश्रय भने पाउन सकेको छैन । 

पाँचपोखरी :
सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिम स्थित भोताङ गाविसको वडा नं १ मा अवस्थित छ । काठमाडौंबाट मेलम्चीसम्मको बस यात्रापछि तिपेनी थाङपालधाप हुँदै एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ । भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्ड अर्थात पोखरी रहेकोले पाँचपोखरी नाम रहन गएको हो ।
हरेक बर्ष जनै पुर्णिमाका अवसरमा यहाँ एक हप्ता विशेष मेला लाग्छ । यस मेलामा विशेष गरी तामाङ जातिका झाँक्रीहरू बढी जाने र झाँक्री पहिरनमा ढ्याङ्ग्रो बजाएर नाच्ने गर्छन् । 
इन्द्रावती र ब्रम्ह्ययणी (बलेफी) नदीको उद्गम स्थलका रूपमा रहेको पाँचपोखरीमध्ये सबैभन्दा ठूलो पोखरी सरस्वती कुण्ड हो । यो कुण्ड बीच भागमा पर्दछ । 
पाँचपोखरीमा विश्वामित्र र शृङ्गी ऋषिले तपस्या गरेको थियो भन्ने धार्मिक किंवदन्ती पनि पाइन्छ । रणबहादुरकी जेठी महारानी राजेश्वरीले हेलम्बुमा तीन बर्षसम्म निर्वा्सित जीवन बिताएकोे र प्रधानमन्त्री भीमसेन थापा लखेटिँदा पनि यतै आएको बसेको कुरा इतिहासमा उल्लेख छ पाँचपोखरी दर्शनार्थ जानेहरूलाई दही, चिउरा खुवाउने चलन भीमसेन थापाले चलाएको मानिन्छ ।


Comments