भुकम्प पिडीतको नाममा आएको काठ मनोमानी ढंगले बाँडेको कर्मचारीहरुले आरोप
Posted on: Aug 16, 2017


भुकम्प पिडीतको नाममा आएको काठ मनोमानी ढंगले बाँडेको कर्मचारीहरुले आरोप

भुकम्प पिडीतको नाममा आएको सालको काठ साहायक बन अधिकृतले आफ्नो मनोमानी ढंगले बाँडेको कर्मचारीहरुले आरोप लगाएका छन् । इलाका बन कार्यलय बाँसबारीका साहायक बन अधिकृत चिम बाहादुर श्रेष्ठले आफू खुशी रुपमा काठ बाँडेको भन्दै बन कार्यलयका कर्मचारी चन्द्र बाहादुर तामाङले भन्नुभयो “आवश्यक सम्पूर्ण कागजपत्र पेश गर्दा पनि बिभिन्न बाहाना गरी फाईल फालीदिने च्यात्न समेत खोज्यो ।” कार्यलयको निम्न स्तरको कर्मचारीहरुलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको पनि उहाँले आरोप लगाउनुभयो ।

उता इलाका बन कार्यलय बाँसबारीका साहायक बन अधिकृत चिम बाहादुर श्रेष्ठले भने भुकम्प पिडीतको नाममा आएको काठ सबैतिर समान ढंगले बितरण गरेको र  पिडीतहरुबाट केही गुनासो नआएको तर कार्यलयकै कर्मचारीहरुले राम्रो काठ मात्रै माग गरेपछि दिन मिल्दैन भनेकोले यस्तो आरोप लगाएको बताउनुभयो । जिल्लाको मेलम्ची नगरपालीका, हेलम्बु गाउँपालीका, पाँचपोखरी थाङ्पाल गाउँपालीका र इन्द्रावती गाउँपालीकाको लागी जम्मा ३४१४ कि बि मात्रै काठ आएको र उक्त काठ ११५ घरधुरी लाई बितरण गरीसकेको उहाँले बताउनुभयो ।

भुकम्प पिडीतका लागी ब्,द्य र ऋ गरी तीन किसिमको काठ आएको र प्रति परिवार ब् ग्रेडको काठ २५ किबि र ऋ ग्रेडको काठ ३५ किबि को दरले बितरण गरेको तर कर्मचारीहरुले भने ब् ग्रेडको मात्रै माग गरेको ले आफूले दिन जसकेको श्रेष्ठले बताउनुभयो ।


Comments