मेलम्चीमा आँखा जाँच केन्द्रको उद्घाटन
Posted on: Aug 17, 2017


मेलम्चीमा आँखा जाँच केन्द्रको उद्घाटन 
किरण थापा, मेलम्ची

नेपाल तिलगंगा आँखा प्रतिस्ठान गौसाला काठमाण्डौं, मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची, नेपाल रेडक्रस सोसाईटि र अन्य विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा “तिलगंगा सामूदायीक आँखा केन्द्र” मेलम्चीको उद्घाटन गरीएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेको उक्त स्वास्थ्य केन्द्रबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर तिनका बासिन्दाले सेवा लिने केन्द्रमा आँखाको नियमित जाँच सेवाले झन जनस्तरमा सेवासुविधा पु¥याउन सकिने बताईएको छ ।

 

जिल्ला अस्पलात चौताराको तुलनामा आठ बर्षपछि भएपनि “तिलगंगा सामूदायीक आँखा केन्द्र” स्थापना गर्न सकिएकोमा  मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीको सञ्चालक सिमतिका अध्यक्ष कुमार दुलालले  खुसि पनि व्यक्त गर्नुभएको थियो  । सेवा विस्तारको क्रममा सहयोग गर्ने विभिन्न संघसंस्था, विभन्न तह र तप्काका सबैलाई उहाँले धन्यवाद पनि दिनुभएको थियो । भुभागिय हिसावले विकट भएपनि मेलम्चीमा यस्ता सुविधाहरु दिन पाँउदा गांरवान्वीत महसुश हुनुका साथै आगानि दिनमा झन जिम्बेवारी थपिएको  सञ्चालन समितिका अध्यक्ष कुमार दुलालले बताउनुभएको छ । कायृक्रममा तिलगंगा आँखा प्रतिस्ठानका प्रतिनिधिहरुले पनि सक्दो सहयोग गर्ने बताएका छन । जिल्लामा रहेको रेडक्रस लगाएतका अन्य संघसंसथाले पनि निरन्तर सहयोग गर्ने बताएका छन । अब मेलम्ची आसपासका बासिन्दाले शनिवार र सरकारी विदाको दिन बाहेक निरन्तर आँखा जाँच गनृ पाउने भएका छन  ।

 

यस्ता सुविधा आफ्नो गाँउघरमा नै आएकोमा खुसि लागेको एक सहभागिले बताएका छन । साथै स्थानिय राजनितिक दल, समाजसेवि, बुद्धिजिवि, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याल  र उपप्रमुख भगवति नेपालले पनि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका छन । आगानि दिनमा नगरपालिकाले पनि निति र बजेत सहितको कार्यक्रम ल्यएर अधि बढ्ने प्मुख अर्यालले बताउनुभउको छ । 


Comments