सिन्धुपाल्चोकको बाह्रबिसेस्थित घुम्थाङ बिम्बुमा पहिरो, पाँच परिवार विस्थापीत
Posted on: Aug 17, 2017


सिन्धुपाल्चोकको बाह्रबिसेस्थित घुम्थाङ बिम्बुमा पहिरो, पाँच परिवार विस्थापीत


बाह्रबिसे नगरपालिकाको घुम्थाङ बिम्बुगाउँमा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाको कारण घुम्थाङगाउँ नै पहिरोको जोखिममा परेको छ । पहिरोले बल्लतल्ल ऋणमा बनाएको टहरा समेत बगाएपछि बासको समस्यामा परेको बिम्बुका वासिन्दाले सुरक्षित जग्गा पाए आफुलाई राहत हुने बताएका छन । घुम्थाङको बिम्बु,डाडागाउँ देखि थामीटोलसम्मको भुभाग तलबाट भास्सिदै गएको छ । माथिल्लो भूकम्पको पराकम्पनले चर्किएका चारैतिरका पहाड टुक्रिएर पहिरो झरिरहेको छ ।

 

पहिरोको जोखिमको वेवास्ता गरेर बस्न बाध्य दुईसय भन्दा बढी परिवारले सुरक्षित स्थानमा जग्गा नभएकाले घर बनाउन सकेका छैनन् । बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारको माथिल्लो भाग पलातीको ५० परिवार पहिरोको जोखिममा रहेका छन् । पहिरोले तलको भाग भस्साउदै लगेपछि त्यहामाथिको पुरा बस्ती र तलको सुनकोसी नदी थुनिने जोखिम बढीरहेको स्थानीय शम्भुबहादुर तिमल्सिनाले बताउनुभएको छ । बर्खा लागे संगैै तिब्बतसँग जोडिएका ग्रामिण भेगका प्राया गाउँ पहिरोको जोखिममा परेका छन ।

 

सुरक्षित स्थानको खोजिमा भौतारिरहेका विस्थापितलाई अझैसम्म स्थानान्तरणको प्रयास समेत गरिएको छैन् । जिल्लाको सीमाक्षेत्र भोटेकोसी गाउँपालिकाको तातोपानीको दुगुना, लिस्तीकोट, फुल्पिङकट्टी झिर्पू, हिन्दी, मार्मिङ देखि बाह्रबिसे नगरपालिकाको गाती सिगार्चे, चाकु बजार, बाह्रबिसेको पलाती, घुम्थाङलगायतका दर्जनौ भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

 

भोटेकोशी बाढीले विस्थापित भएका सीमाका विपन्न बासिन्दा अझै सुरक्षित स्थानको खोजिमा भौतारिरहेका छन् । पाङ्सेर्पु पहाड झरेर आएको पहिरोले लार्चापुल पुरा ध्वस्त बनाएपछि हाल सिमाक्षेत्रमा विपन्न वर्ग मात्रै जोखिम मोलेर बस्न बाध्य छन् । त्यहाँका विस्थापित अरुले छोडेर गएको घरटहरामा आश्रय लिएर बसिरहेका छन् । स्थानिय निकायले पनि ध्यान नदिएको उनिहरुको गुनासो छ ।


Comments