जुवाको खालबाट ४ जना पक्राउ
Posted on: Aug 22, 2017


 जुवाको खालबाट ४ जना पक्राउ 

किरण थापा, मेलम्ची

मेलम्ची प्रहरीले जुवाको खालबाट ४ जनालाई पक्राउ गरेको छ । हेलम्बु गाँउपालिका ४ ग्यालथुममा जुवा खेल्दै गरेको अवस्थामा मेलम्ची प्रहरी चौकिको नियमित गस्तीमा जाँदा पक्राउ गरेको हो । उक्त जुवाको खालबाट २१ हजार २ सय ५ रुपैंया रकम समेत जुवाको खालबाट जफत गरीएको र चारै जनालाई सम्झाई बुझाई गरी पठाईएको र अबको दिनको त्यस्तो घटना दोहोरीएमा कानुनि कारबाहिमा जाने मेलम्चीका प्रहरी निरीक्षक नवराज  ढुंगानाले जानकारी दिनुभयो ।

 

साथै जफत गरीएको रकम ईन्द्रेश्वरी मा.वि मा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुको पठनपाठनको सहयोगका लागि विद्यालय व्यावस्थापन समितिका सदस्य लक्षमण गौतमको रोहवरमा विद्यालयका लेखापाल महेन्द्र सापकोटालाई हस्तान्तरण गरीएको छ । 


Comments