सन्धुपाल्चोकमा कुल मतदाता संख्या २ लाख १७ हजार ९ सय ४७ जना पुग्यो
Posted on: Aug 22, 2017


सन्धुपाल्चोकमा कुल मतदाता संख्या २ लाख १७ हजार ९ सय ४७ जना पुग्यो 
किरण थापा, मेलम्ची
जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा कुल मतदाता संख्या २ लाख १७ हजार ९ सय ४७ जना भएको छ । जिल्लामा १९ हजार ३ सय २७ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएपछि मतदाताको संख्या सवा २ लाख नाघेको जनाईएको छ । हालै भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा १ लाख ९८ हजार ६ सय २० मतदाता थिए ।

 

३१ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएपछि अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्यामा बृद्धि भएको जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकृत विजयकुमार कार्की बताउनुभयो । निर्वाचन अधिकृत कार्कीका अनुसार १५ जनाले त्रुटि सच्याउने, ६७ जनाले जिल्लाभित्रै ठेगाना फेर्ने काम गरेका छन् भने ५० जनाले जिल्लाबाहिरै नामावली सारेका छन ।

 

मतदाताले नामावली दर्ता गराउने सबैभन्दा धेरै सदरमुकाम अवस्थित चौतारा साँगाचोगढी नगरपालिका रहेको छ भने कम सुनकोसी गाउँपालिका रहेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले चौतारा साँगाचोगढी नगरपालिका ५हजार ९ सय ४५ पुगेको छ । त्यस्तै मेलम्ची नगरपालिकामा  २ हजार ३ सय ३२ जनाले फोटो सहितको मतदाता नाकावलिमा नाम दर्ता गराउका छन । बाह्रबिसे नगरपालिकामा १ हजार ५ सय ४६ जना थपिएका छन । हेलम्बु गाउँपालिकामा १ हजार ७ सय ६५ मतदाता बढेका छन् । यस्तै त्रिपुरासुन्दरी गाउँपालिकामा ६ सय ११ जना थपिएका छन । सुनकोशी गाउँपालिकामा ७ सय ३९ थपिएका छन । लिसंखुपाखर गाउँपालिकामा ९ सय ३७ मतदाता थपिएका छन । इन्द्रावती गाउँपालिकामा १ हजार ५ सय १३ मतदाता बढेका छन् । भने भोटेकोसी गाउँपालिकामा ५ सय ४५ ले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराएका छन । बलेफि गाउँपालिकामा १ हजार ३ सय ४१ जना थपिएका छन भने पाँचपोखरी थाङपाल गाउँपालिकामा ९ सय ८२ र जुगल गाउँपालिका १ हजार ४० मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 


Comments