मेलम्ची बजारमा पहिरो जाँदा २ घरमा क्षति
Posted on: Aug 23, 2017


मेलम्ची बजारमा पहिरो जाँदा २ घरमा क्षति
किरण थापा,मेलम्ची


रातभरीको अविरल बर्षाको कारण मेलम्चीमा पहिरो जाँदा २ वटा घरमा क्षति पुगेको छ । अन्दाजि विहान ३ बजेतिर पहिरो झरेको स्थानियले बताएका छन । पहिरोसंगै आएको दुईओटा रुखले घरको छानोमा थिचेको छ भने यातायात पनि अबरुद्ध भएको छ ।

 

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष महेश कुमार श्रेष्ठको घर र संगै रहेको योङ्ग तामाङ्गको मोटरसाईकल वर्कशपमा आंशिक रुपमा क्षति पुगेको छ । साथै नम्बर प्लेट नखुलेको एउटा मोबाईल सेल्सको सानो भ्यानमा पनि क्षति पुगेको छ । पहिरोले ३० मिटर सडकमा पुरै माटो ढुंगा र रुखहरु थुपारीदिएको छ । अहिले  मेलम्ची प्रहरी चौकिका निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा रहेको प्रहरी टोलि र नेपालि सेनाको टोलि साथै स्थानिय बासिन्दाहरुले पहिरो पन्छाउने काम गरीरहेको छन ।

 

पहिरो हटाउन समय लाग्ने भएकाले आज दिनभरी नै यातायात सञ्चालन हुन नसक्ने प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिनुभयो । पहिरो गएको ठाँउ जोखिमपुर्ण रहेकाले अझै पहिरो खस्न सक्ने सम्भावना रहेकोले स्थानियलाई सजग हुन पनि प्रहरीले सुझाव दिएको छ । बाटोमा झरेको पहिरो हटाएर बाटो खुल्ला  गरीएपनि पहिरोमाथिको भागमा रहेको ढुंगा र रुखहरु हटाउनपर्ने भएकाले आज दिनभरी नै यातायात र पैदल यात्रु सबैलाई उक्त स्थानमा रोक लगाईएको  र बैकल्पीक बाटोको प्रयोग गरीने प्रहरीले जानकारी दिएको छ । अहिले मेलम्ची नगरपालिकाको समन्वयमा डोजर र टिप्पर प्रयोर गरेर माटो ढुंगा तथा रुखहरु हटाउने काम भईरहेको छ । 

 


Comments