सिन्धुपाल्चोकमा पुन मतदान गराउन लोकतान्त्रिक गठबन्धनले माग
Posted on: Nov 30, 2017


सिन्धुपाल्चोकमा पुन मतदान गराउन लोकतान्त्रिक गठबन्धनले  माग 

मंसिर, १४ मेलम्ची


ठुलोसिरुवारीको सेतिदेवि माविमा पुन मतदान गराउन लोकतान्त्रिक  गठबन्धनले  माग गरेको छ । चौतारा साङ्रगाचोक गढि नगरपालिका १३ स्थित सेतिदेवि माविको क ख र ग गरी तिन वटै बुथमा पुन मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यलयमा निवेदन परेको हो ।

 

गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका प्रतिनिधि सभा २ का उमेरद्रवार पशुपति समसेर राण र प्रदेस सभा २ का उमेरद्रार विकास तामाङले कार्यलयमा निवेदन दिएको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताउनुभयो । मुख्य निर्वाच अधिकृतको कार्यलयले निवेदन सङ्रगै आवस्यक कागजहरु निर्वाचन आयोगमा पठाईसकेको मुख्य निर्वाच अधिकृत खनालको भनाई छ ।

 

उहाका अनुसार यो विषयमा निर्वाचन आयोगको निर्णयनै अन्तिम हुने र भोलि बेलुकि सम्म निर्णय आउने सम्भावना रहेको छ ।आजै निर्णय पठाईने भनेपनि आयोगको ब्यस्तताले  नआएको खनालले बताउनु भयो । आईतबार सम्पन्न प्रतिनिधि र प्रदेस सभाको मतदानका सबै  अहिले चौतारामा रहेको कृषि विकास कार्यलयमा राखिएको छ । 


Comments