दलहरुको बिवादले गर्दा मतपत्र राखिएको स्थानमा चावटा ताला
Posted on: Nov 30, 2017


दलहरुको बिवादले गर्दा मतपत्र राखिएको स्थानमा चावटा ताला 

मंसिर, १४ मेलम्ची

एकअर्काबीच संकाको शिखर चुलिँदै गएपछि मत पेटिका राखिएको स्थानमा थप तीन ताला लगाएको छ । वामले मतपेटिका साटिदेला भन्ने लोकतान्त्रिकलाई भय, लोकतान्त्रिकले वामले साटिदेला भन्ने संकाका कारण मतपेटिका सुरक्षार्थ थप तीन ताला लगाएका हुन् । 

आज नागरिक समाजकातर्फबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिनाले मतपेटिका राखिएको जिल्ला कृषि कार्यालय, सिन्धुपाल्चोकको मूलद्वारमा छुट्टाछुट्टै दलका थप तीन ताल्चा लगाउँदै चावी लोकतान्त्रिक गठवन्धन, वामगठवन्धन र मालेका प्रतिनिधिलाई दिनुभएको छ । 

आज मतपेटिक सुरक्षार्थ कुरुवा बसेका दलका प्रतिनिधिको संख्या कटौति गरेपछि विवाद चुलिँदै गएको मात्र थिएन दलहरुबीच एकआपसमा मतपेटिका साट्नका गरिएको षडयन्त्रसमेत भएको आरोप लागाउँदै आएकोे थियो । खासगरि लोकतान्त्रिक गठवन्धनकातर्फबाट सिन्धुपाल्चोक, प्रतिनिधिसभा १ का उम्मेद्वार मोहनबहादुर बस्नेतले प्रमुख जिल्ला अधिकारीलाई कुरुवा संख्या कटौति गर्न भनेपछि प्रत्यक दलको २ कुरुवाबाट १ कुरुवामा सीमित गरेका थिए । 

सोही विषयलाई लिएर वाम गठवन्धनले आपत्ति जनाएपछि छुट्टाछुट्टै दलको छुट्छ्टै ताल्चा लगाएकोे हो । मतपेटिकालाई थप सुरक्षा दिंदै जिल्ला कृषि विकास कार्यालयको भवनको १४ झ्यालमा भिनेस्पाता ठोक्नका साथै थप ३ सिसी क्यामराको समेत व्यवस्था गरेको छ । 

यसअघि तीन सिसि क्यामराको मात्र व्यवस्था गरिएको र थप क्यामरा बाहिरी दृष्यको निगरानिका लागि भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्गले जानकारी दिनुभयो । यस अलवा कार्यालयको पछाडिपट्टी पनि कुरुवा बस्ने व्यवस्था मिलाएको छ ।


Comments