भुकम्प गएको तिस महिना वित्यो तर अझैपनि भुकम्प प्रभावित छाप्रोमा चिसो सहंदै
Posted on: Dec 05, 2017


भुकम्प गएको तिस महिना वित्यो तर अझैपनि भुकम्प प्रभावित छाप्रोमा चिसो सहंदै 

किरण थापा, मंसिर १८,मेलम्ची

भुकम्प गएको तिस महिना वितिसक्दापनि धेरैजसो भुकम्प प्रभावितले घर बनाउन सकेका छैनन । जिल्लामा हालसम्म १५ प्रतिशत जति मात्र घर बनेका छन् । यो बर्षपनि सरकारले तोकेको समयमा प्रभावितहरुले घर बनाउने देखिएको छैन् । यो बर्षपति प्रभावितले छाप्रोमा नै विताउनुपनेृ देखिएको छ ।

 

विशेष गरी जिल्लाको उत्तरी क्षेत्रमा रहेको पाँचपोखरी थाङ्गपाल गाँउपालिका र हेलम्बु गाँउपालिकामा चिसो ह्वात्तै बढेको छ । चिसोका कारण मानिसहरू घरबाहिर निस्कन सकेका छैनन । त्याहाका स्थानियका अनुसार चिसोका कारण त्याँहाका बासिन्दा घरभित्र नै आगो तापेर बसिरहेका छन् । चिसो बढेपछि भुकम्प प्रभावितहरु झन मारमा प।ेका छन् । ७२ साल बैशाख १२ को भुकम्पमा घरवास गुमाएकाहरु भmन मारमा परेका छन् । विषेशगरी भूकम्पपछि टहरामा बस्दै आएका महिला, बालबालिका तथा वृद्धवृद्धा बढी मर्कामा परेका छन् ।  

 


चिसो बढेपछि चहलपहल घट्नुका साथै विद्यालयमा बालबालिकाको उपस्थीति पनि घट्दै गउको छ । अस्थायी टहरामा बसदै आएका भुकम्प प्रभावितहरमा निमोनिया र खोकि लाग्न थालेको छ । जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेपछि भूकम्पबाट अति प्रभावित परिवार मारमा परेका छन् । गत वैशाखमा गएको भूकम्पका कारण पूर्णरुपले घर क्षति भोगेका परिवार यतिखेर चिसोका कारण थप समस्यामा परेका हुन् । जिल्लाका उच्च हिमाली गाविस हेलम्बु, गुन्सा, भोताङ र सेलाङका भूकम्पपीडित चिसो बढ्दै गएकामा चिन्तित छन् ।

 

उनीहरू अहिले पनि पाल र टिनको छानाभित्र कोचिएर बस्न बाध्य छन् । चिसो बढ्दै गएका कारण बालबालिका र वृद्धवृद्धा थप समस्यामा परेका छन् । टिनको छानामा चिसोका कारण पानी चुहिने गरेको र त्यसबाट थप पीडा भोग्नुपरेको प्रभावितको गुनासो रहेको छ । सुत्केरी र बालबालिकालाई यसबाट थप समस्या हुने गरेको छ ।  टिनको छाप्रोमा चिसोका कारण शीत पर्ने र पानी चुहिने हुनाले अब कसरी चिसो महिना कटाउने भन्ने समस्याले भुकम्प प्रभावितहरुलाई चिन्ता बढ्न थालेको छ ।  


Comments