शुन्दर नगरीको सपना बोकेको मेलम्ची नगरपालिकामा फोहोरको थुप्रो, फोहोरमैलाले अव्यवस्थित बन्दै मेलम्ची बजार
Posted on: Dec 05, 2017


सुन्दर ​ नगरीको सपना बोकेको मेलम्ची नगरपालिकामा फोहोरको थुप्रो, फोहोरमैलाले अव्यवस्थित बन्दै मेलम्ची बजार 
सन्तोष सिग्देल, मंसिर १९, मेलम्ची
 मेलम्ची नगरपालिकामा बजार ब्यबस्थापन हुन नसक्दा स्थानियलाई मर्का परेको स्थानियले गुनासो गरेका छन । मेलम्ची बजार ब्यबस्थापन हुन नसक्दा स्थानियको दैनिकि नै प्रभाबित भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका भोटेनाम्लाङकी मुना सिलवाल मेलम्ची बजारमा ब्यापार गर्दै आउनुभएको छ । मेलम्ची बजार ब्यबस्थापन हुन नसक्दा फोहोरमैला जताततै फालिएका छन । फोहोरमैला खोलानालामा फालिएको छ । खोलानाला दुर्गन्धित हुँदै गएको छ ।

 

फोहोरमैला ब्यबस्थापन हुन नसक्नुमा मेलम्ची नगरपालिकाकै कमजोरी भएको उहाँको भनाइ छ । मेलम्ची नगरपालिकाले पनि बजार ब्यबस्थापनका लागि नीति नै बनाएको थियो । नगरपालिकाको सो नीति अनुसार सडकमा जथाभाबी सवारी साधन पार्किङ गर्न निषेध गरिएको छ , ब्यापार ब्यबसायीहरुले निर्माण सामग्री सडकमा राख्न पाइने छैन । तर निति अनुसारको कार्य नभएको मेलम्चीका स्थानियले गुनासो गरेका छन् । बजार ब्यबस्थापन हुन नसक्दा मुख्य गरि बालबालिकामा असर पुगेको स्थानिय गणेश दुलालको गुनासो छ । 

 

मेलम्ची बजार ब्यबस्थापन हुन नसक्नुमा मेलम्ची नगरपालिकाकोे नीति कार्यान्वयन  पक्ष फितलो रहेको स्थानीयको भनाइ छ  । कार्यान्वयन फितलो हुँदा ब्यापार ब्यबसायीहरुले जथाभाबी सवारी साधन सडकमा राख्ने गरेका छन् । ब्यापारीहरुको निजि स्वार्थका लागी सडक प्रयोग भएको पाइएको हो । ब्यापारीहरु यस बिषयमा भने बोल्न चाहेका छैनन् । सडकमा यत्रतत्र सवारी साधन राख्ने , इँटा, बालुवा, गिट्टी सडकमा जथाभाबी राख्ने जस्ता कारणले पनि सडक अब्यबस्थीत बनेको छ । सहर अब्यबस्थीत हँुदा मेलम्ची हेर्न आउने पर्यटकहरुमा पनि नराम्रो प्रभाव पर्ने स्थानिय सुदर्शन सापकोटाको बुझाइ छ । 

सुन्दर नगरी बनाउने सपना बोकेको मेलम्ची नगरपालिकाले पनि बजार ब्यबस्थापनको नितिलाई कार्यान्वयनको तहमा लैजानुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।


Comments