अलैँचिको भाउ कुर्दै हेलम्बुका किसान
Posted on: Dec 05, 2017


अलैँचिको भाउ कुर्दै हेलम्बुका किसान 
सञ्जय तामाङ मसिर, १९ मेलम्ची
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ पासासाका किसानले उत्पादन गरेको अलैचि भाउ घटेपछि घरमै थन्किएको छ । उत्पादन भएको अलैँचीको भाउ बढ्छ कि भनेर हेलम्बुका धेरै किसान बसिरहेका छन् । मेहनत गरेर उत्पादन गरेको अलैँचीको भाउ दुई वर्ष यता घट्दै आएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

 

किसान सार्की लामाले २० वर्षदेखि यहाँका किसानले अलैचि उत्पादन गदै आएको बताउनुभयो । २०७२ सालमा उनिहरुले प्रतिकिलो २२ सय रुपैयामा अलैँची बेचेका थिए । तर अलैँचीको मुल्य अहिले पाँच सयमा झरेको छ । मूल्य घटेकाले अहिले किसानहरुले अलैँची खेती गर्न छाडेका छन् ।

 

अन्य ठाउँमा उत्पादने अलैँचिको भाउ घटेको उनिहरुले अनुमान गरेका छन् । वडाले अलैँचीको भाउको बारेमा सम्बन्धित ठाउँमा किसानको कुरा पुर्याइदिन पर्ने अनि मात्र आफूले उत्पादन गरेको अलैँचिको उचित मुल्य पाउने उनिहरुले बताएका छन  । 


Comments