सरकारले पुर्ननिर्माणको मिति तोकेर काम सुरु ग¥यो तर गुठी समस्याले फटकसिलाका प्रभावितले घर बनाउन सकेनन्
Posted on: Dec 05, 2017


सरकारले पुर्ननिर्माणको मिति तोकेर काम सुरु ग¥यो तर गुठी समस्याले फटकसिलाका प्रभावितले घर बनाउन सकेनन् 
किरण थापा, मंसिर १९ मेलम्ची


गुठि समस्याले मेलम्ची १३ फटकसिलामा पुनर्निर्माण प्रभावित भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३, फटकसिलामा पशुपति गुठिमा रहेको जग्गाको समस्याले गर्दा पुनर्निर्माण प्रभावित भएको हो । भुकम्प गएको तिस महिना वितिसक्दा पनि प्रभावितहरु अझै छाप्रोमा नै रहेका छन् । गुठिले गर्दा सरकारले दिने भनेको अनुदान वापतको रकम पनि दिने कि नदिने भन्ने चिन्ता पर्न थालेको  फटकसिलाका शम्भुप्रसाद घोरासैनिले बताउनुभएको छ । भुकम्प गएको तिस महिना बितिसकेको छ, तर प्रभावितले घर बनाउन सकेका छैनन् ।

 

गुठिको समस्या समाधानका लागि स्थानियले गुठि संस्थान र जिल्ला मातपोत कार्यालय धाउँदा पनि फटकसिलाका स्थानियले आफ्नो नाममा घडेरी समेत पाएका छैनन् । गाउँमा चुनावताका आउने गरेका राजनैतिक दलले पनि चुनावि नारा मात्र बनाएका छन् । स्थानियको समस्या भने जस्ताको तस्तै रहेको छ । अब आफ्नो नाममा जग्गा आउँछ कि आँउदैन भन्नेमा अझै पनि अन्यौल रहेको स्थानिय ईश्वर घोरासैनिले बताउनुभयो ।

 

फटकसिलामा १२०० भन्दा बढि घरधुरी रहेका छन् । तर अनुदान सम्झौता भने ३०० को हाराहारीमा मात्र रहेको छ । अघिल्लो बर्षको दशैं अगाडि ३५८ जनाले मात्र पहिलो किस्ता बापतको ५० हजार पाएका थिए । मेलम्ची नगरपालिकाको वडा नम्बर १३ मा लगभग ९० प्रतिशतको गुठि समस्याले गर्दा घर बनाउन पाएका छैनन् । भुकम्प प्रभावितले घर बनाउन मन भए पनि गुठिको समस्याले गर्दा घर बनाउन पाएका छैनन । अस्थायी छाप्रोमा तिस महिना विताएका प्रभावितले राजस्व तिरीरहेको तरपनि आफ्नो नाममा लालपुर्जा पाएका छैनन ।

 

मेलम्ची नगरपालिकाले सुरु गरेको टोलटोमा मेयर कार्यक्रम पछि भने केहि सथानियले घर बनाउन थालेका छन् । तर सुरु गरेको घरमा पनि विभिन्न समस्याहरु देखिएका छन् । हाल नगर कार्यपालिकाको बैठकले पनि माटो ढुङ्गाको र जस्ताको छाना भएको घरको लागि नक्सा पास गर्नु नपर्ने भएपछि सहज भएको छ । अनुदान सम्झौता गरे पनि घर बनाउनका लागि आर्थीक अभाव नै मुल समस्या भएकाले घर बनाउन नसकिएको कोमल प्रसाद घोरासैनिले बताउनुभयो । 


Comments