तुसारोले आलुमा क्षति पु¥याएपछि सिन्धुपाल्चोकका किसान चिन्तित
Posted on: Dec 06, 2017


तुसारोले आलुमा क्षति पु¥याएपछि सिन्धुपाल्चोकका किसान चिन्तित 


किरण थापा, मंसिर २० मेलम्ची


तुसारोले आलुखेतीमा क्षति पु¥याएपछि सिन्धुपाल्चोकका किसानहरु चिन्तित बनेका छन् ।  तुसारोले जिल्लाका धेरैजसो आलु उत्पादन हुने क्षेत्रमा असर पु¥याएको हो ।   
आलुखेतीबाट अघिल्लो वर्ष राम्रो मूल्य पाए पनि तुसारोले यो वर्षको आलु खेती बिगारेपछि   किसानहरु चिन्तित बनेका छन् ।  सिँचाईको उचित ब्यवस्था नभए पनि केहि वर्षअघिदेखि ब्यावसायीक रुपमा कृषि पेशामा लागेका किसानहरुले लगाएको आलुखेतीमा क्षति पुगेको छ । 

 

यो बर्ष छिटै आएको चिसोले आलुको पात र डाँठ नै बढेको छैन ।  यो साल आलुबाट आम्दानी लिन गाह्रो हुने बाहुनेपाटिका किसान रुद्रमणि नेपालले बताउनुभयो ।  जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकको तथ्याङक अनुसार मेलम्ची लगायत आसपासका क्षेत्रमा मात्रै १५ प्रतिशत भन्दा बढी आलु खेतीमा क्षति पुगेको छ । 

 


हेर्दा डढुवा लागेको जस्तो देखिने आलु खेतीलाई बचाउन किसानहरुले धेरै प्रकारका औषधिहरु पनि प्रयोग गरेका हुन् ।  तर पनि आलु जस्ताको तस्तै रहेको छ ।  अन्य तरकारी खेती भन्दा आलु खेतीलाई फटकसिलाको तल्लो भागका किसानहरुले आम्दानीको गतिलो माध्यम बनाएका छन् ।  तर लगानी समेत नउठ्ने पिरलोले यति बेला किसानहरुलाई सताएको छ ।  अघिल्लो वर्ष जिल्लाको बाह्रविसे क्षेत्रका किसानले तुसारोसँगै आलु खेतीमा लागेको डढुवा रोगबाट ठूलो नोक्सानि ब्यहोर्नुपरेको थियो । 

 


यो वर्ष भने त्यस क्षेत्रको आलु खेतीमा रोगको संक्रमण नदेखिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोका प्रमुख हिक्मत कुमार श्रेष्ठले बताउनुभएको छ  ।  सिन्धुपाल्चोकमा ३ हजार ६ सय ५४ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुने गरेको छ ।  जिल्लाका किसानहरुले उत्पादन गरेका मध्ये ७० प्रतिशत आलु बजारमा बिक्री हुने गरेको छ भने २५ प्रतिशत आफै खाने र ५ प्रतिशत आलु बीउमा खर्च हुने गरेको पाइएको छ । 

 


आलु बिक्रीबाट मात्रै गएको वर्ष सिन्धुपाल्चोकमा ३ करोड १४ लाख रुपैयाँ भित्रीएको थियो ।  नेपालमा विकसित मुलुकहरुमा जस्तो मौसम पूर्वानुमान नहुदाँ पनि किसानहरुले ठूलै क्षति ब्यहोर्नुपरेको छ ।   जिल्लामा भएका सेवा केन्द्रहरुले पनि प्रभावकारी रुपमा काम नगरेका प्रति किसानहरुले गुनासो गरेका छन् । 

 

तर कृषि सेवा कार्यालय मेलम्चीका प्रमुख गोपाल सापकोटाले भने स्थानिय तहको पुनर्संरचना भएसँगै हरेक गाउँपालिका र नगरपालिकामा कृषि कार्यालयको कर्मचारी रहेको र त्यहीँ गएर समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । 


Comments