कानपुर रेल दुर्घटनामा मृत्यु हुनेको संख्या एक सय २८ पुग्यो
Posted on: Nov 21, 2016


मंसिर ६ । भारतको कानपुरमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक सय २८ पुगेको छ । पटना–इन्दौर एक्सप्रेसको रेल आइतबार बिहान कानपुरबाट ६० किलोमिटरको दूरीमा रहेको पोखरायांमा दुर्घटना भएको थियो । 

इन्दौरबाट पटनाका लागि छुटेको रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर दुर्घटना भएको हो । त्यसमध्ये चारवटा डिब्बामा बढी क्षति भएको छ । अहिले पनि अन्तिम चरणको उद्धारको काम भइरहेको छ । अझै केही मानिस फसेको हुन सक्ने आशंका गरिएको छ । दुर्घटनामा घाइते भएका दुई सय भन्दा धेरैलाई अस्पताल भर्ना गरिएको छ 


Comments