​मस्जिदमा भएको आक्रमणमा २७ को मृत्यु
Posted on: Nov 21, 2016


मंसिर ६ । 
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ।
एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी गरिएको आक्रमणमा परी २७ जनाको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।
धार्मिक समारोहमा प्रार्थना गर्न बसेका भक्तजनबीच आत्मघाती आक्रमणकारी पसेर गराएको विस्फोटमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका वरिष्ठ प्रहरी अधिकारी फ्रिडोन ओबाइदीले बताएका छन् ।
अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको बाकिरुल ओलुम मस्जिदलाई हाल सुरक्षाकर्मीले घेरा लगाएका छन् । 


Comments