यसरी साकार भयो मन्दिरकोे सपना
Posted on: Mar 03, 2018


यसरी साकार भयो मन्दिरकोे सपना
 
फागुन १९, मेलम्ची


स्थानीयको सक्रियतामा सुनाकोशी गाउँपालिका–६ थुम्पाखरमा निर्माण गरिएको विन्धावासीनि मन्दिरको उद्घाटन गरिएको छ ।

प्रदेश ३ का सासंद सरेश नेपाललले उद्घाटन गर्नुभएको हो । थुम्पाखरका स्थानीयले चन्दा संकलन गरेर मन्दरी र निर्माण गरेको स्थानीय दिपेश भण्डारीले जानकारी दिनु भयो । धर्मको माध्यमबाट समाजमा धार्मिक सहिष्णुता र मेलमीलाप गराउन विन्धावासीनि मन्दिरको निर्माण गरिएको उहाँले बताउनु भयो ।


मन्दरी निर्माणका लागि थुम्पाखर,दुब्लेडाँडाका रामशरण कार्कीले ५ लाख रुपियाँ सहयोग गर्नु भएको थियो । विभिन्न निकायको सहयोगमा झण्डै ४ लाख रुपियाँको लागतमा मन्दीर निर्माण भएको थियो । 

मन्दिर उद्घाटन समारोहमा प्रदेश सासदं नेपालले मन्दीर निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गर्नु भएको थियो। कर्याक्रममा उहाँले धर्मको माध्यमबाट पनि समाजमा अमनचयन कायम गर्न सकिने बताउँनु भयो । कार्यक्रममा हास्य कलाकार दिपाश्री निरौला लगायतको सहभागीता रहेको थियो ।


Comments