यसरी गर्ने भयो मेलम्ची नगरपालिकाले फोहोरको व्यवस्थापन
Posted on: Mar 03, 2018



यसरी गर्ने भयो मेलम्ची नगरपालिकाले फोहोरको व्यवस्थापन 
 

किरण थापा,​फागुन १९, मेलम्ची

मेलम्ची नगरपालिकाले फोहोरको व्यवस्थापन गर्ने भएको छ । बजार व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । मेलम्ची नगर क्षेत्रबाट संकलन भएका फोहोरमैलाको व्यवस्थापन हुने भएपछि नगरवासिमा खुसि छाएको छ । 

यहि फागुन २६ गतेबाट मेलम्ची नगरपालिका वडा नम्बर ११ को भगिटार बोकेरुम्टीमा फोहोर व्यवस्थापन गरीने जनाइएको छ । मेलम्ची नगरपालिका कार्यालयले फागुन २६ गते विहान ७ बजे नगरवासिको सहभागितामा कामको सुरुवात गर्ने भएको हो ।

 
फोहोरमा विषयमा नगरवासिले संधै गुनासो गर्ने गरेका थिए । फोहोर व्यावस्थापनकै लागि भनेर नगरपालिकाले ट्रक समेत अघिल्लो बर्ष नै खरीद गरेको थियो । फोहोर व्यावस्थापनका लागि आफुले पहल गरेपनि फोहोर ठाँउको निश्चीत नभएकाले आफुहरुलाई समस्या भएको नगर प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

 
मेलम्ची नगरपालिकाले फोहोर व्यावस्थापनको लागि गरेको पहल प्रशंसायोग्य रहेको मेलम्चीका एक व्यावसायिले बताएका छन् । 

फोहोर व्यावस्थापन नगरपालिका एक्लैले मात्र गर्न नसक्ने भएकाले नगरवासि, स्थानिय व्यापारी, सरकारी तथा गैह्र सरकारी संघसंस्था, लगायत सञ्चार माध्यमले पनि सहयोग गरेमा मेलम्ची नगरपालिका समृद्ध बन्ने नगरपालिकाका प्रशासकीय प्रमुख देवि प्रसाद थपलियाले बताउनुभएको छ । 


Comments