भत्किएको कारगार निर्माण हुदै
Posted on: Mar 13, 2018


भुकम्पमा भत्किएको कारगार निर्माण हुदै
 
फागुन २७, मेलम्ची
 
भुकम्पमा ध्वस्त सिन्धुपाल्चोक कारगार अब सुविधा सम्पन्न रुपमा निर्माण हुने भएको छ । भुकम्पमा कारगार भत्केपछि करगारमा रहेका २ सय १६  कैदी बन्दीहरु भागेका थिए । भुकम्प लगतै विभिन्न मितिमा १ सय १८ जना कैदी बन्दीहरु प्रशासनको सम्र्पकमा आएपनि अन्य कैदीहरु अझै फरार छन् ।
 
  भुकम्पले भत्किएको कारगार निर्माण नहुदा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका कैदीहरुलाई अन्यत्र लैजानु पर्ने बाध्यता थियो । कैदीहरुलाई अदालत ल्याउने,लैजाने काम भइरहन्छ,कारागार नहुदा केही कैदीहरुलाई प्रहरी कै हिरासतमा राख्ने गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । 
 
प्रहरीको पुर्पक्ष कक्ष पनि साँघुरो हुदा अदालतले आदेश दिएपछि धुलिखेल,सिन्धुली लगायतका जिल्लामा रहेका कारागारमा कैदीहरु लैजाने गरिएको कारगार कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिनुभयो ।
 
कैदीबन्दी हरु ल्याउन लैजान समस्या भएको , आर्थिक र सुरक्षाको दृष्ट्रिकोणले समेत जोखिनम भएपछि ५०० बढी क्षमताको कारागार निर्माणको योजना बनाइएको प्रजिअ तामाङले बताए ।नयाँ कारगारा निर्माणका लागि ५ करोढ रुपियाँ निकाशा भएको छ । 
 
चौतारा साँगाचोकगढी नगरपालिकाका ७ छापा आहालडाँडा,चरिभञ्ज्याङमा नयाँ कारागार निर्माणका लागि डीपीआर तयार हुदै गरेको छ । २० रोपनी क्षेत्रफलमा निर्माण हुने कारागारमा पुस्ताकालय,खेल मैदान,महिला पुरुषका लागि छुट्टा छुट्टै कोठाको पनि व्यवस्था गरिने कारागार कार्यालयका सूचना अधिकारी दाहालले बताउनुभयो । 
 
जिल्लामा निर्माण हुने कारगारामा अन्यत्रका कैदीहरुलाई पनि ल्याएर राख्न सकिने उनले बताए । नयाँ कारगार निर्माण हुनु अघि पुरानै कारागार मर्मत गरेर कैदीबन्दीहरुलाई सिन्धुपाल्चोकमा नै राख्ने तयारी कारगारा कार्यालयले जानकारी दिएको छ । महिला कैदीहरुका लागि मात्रै तयार गरिएको कारागारामा भुकम्प अघि २सय १६ कैदीहरु बस्दै आएका थिए । 
 
यसैबिच भुकम्पमा फरार रहेका तर सम्र्पकमा नआएका कैदीहरुलाई भागे,भगाएको आरोपमा डेढी कैदको फैसला जिल्ला अदालतले गरेको छ । भुकम्पमा फरार कैदीहरुलाई सिन्धुपाल्चोक लगायत अन्य जिल्लाका स्थानीय प्रशासनमा सम्र्पकमा गए मुद्दा नलाग्ने करागारले बताएको थियो । 
 
यो अवधीमा जम्मा १ सय १६ मात्रै कैदीहरु सम्र्पकमा आएपछि बाँकी ९८ जना कैदीहरुलाई भागे÷भगाएको मुद्दामा ढेढी सजाँय हुने फैसाला गरेको हो । अब कोही कैदीहरु विभिन्न मुद्दामा ५ बर्ष जेल सजाँयको फैसला भएको भए अब साढे ६ वर्ष कैद बस्नु पर्ने हुन्छ । भाग्ने कैदीहरुमा चिनियाँ नागरिक समेत रहेका थिए ।


Comments