स्वाथ्य शिविर सम्पन्न
Posted on: Mar 13, 2018


स्वाथ्य शिविर सम्पन्न 


फागुन २७, मेलम्ची


नौलिङ्ग स्वास्थ्य केन्द्र मुलखर्कमा आईतबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

नौलिङ्ग स्वास्थय सेवा केन्द्र  र विविपि परीवार काभ्रे, डाईवामुरा अस्पताल भक्तपुर संगको समन्वयमा नौलिङ्ग स्वास्थय केन्द्रमा सो निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

सो शिविरमा मेलम्ची नगरपालिकाका ११८ जना, पाँचपोखरी थाङ्गपाल गाँउपालिकाबाट २४ जना, ईन्द्रावति गाँउपालिकाबाट २६ जना र अन्यबाट ३ जनागरी १७१ जनामा स्वास्थ्य सेवा उपलब्ध गराईएको थियो ।

 

सो शिविरमा विरामिहरुको सेवामध्ये भिआईए परीक्षण तथा उपचार ४३ जनालाई गरीएको थियो । ति मध्ये तिनजनालाई रीफर गरीएको छ । १४८ जनाको सामान्य स्वास्थ्य परीक्षण गरीएको थियो ।

 

साथै ३७ जनालाई दाँत सम्बन्धि परीक्षण गरी सेवा दिईएको नौलिङ्ग स्वास्थ्य केन्द्रका सचिव सुनिलकुमार भण्डारीले जानकारी दिनुभएको छ ।  


Comments