१२ औ बार्षिक सभा सम्मान तथा शैक्षिक प्रदर्सनी सम्पन्न
Posted on: Mar 13, 2018


मेलम्ची कम्युनिटि इंलिस स्कुल मेलम्चीको १२ औ बार्षिक सभा सम्मान तथा शैक्षिक प्रदर्सनी सम्पन्न 


फागुन २९, मेलम्ची


मेलम्ची कम्युनिटि इंलिस स्कुल मेलम्चीको १२ औ बार्षिक सभा सम्मान तथा शैक्षिक प्रदर्सनी सम्पन्न भएको छ । मेलम्ची कम्यूनिटि इङ्लिस स्कुल, मेलम्चीले २७ गतेबाट सुरु गरेको शैक्षिक प्रदर्शनी र विद्यालयको बार्षिकोत्सवमा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

 

विद्यालयको १२ औं स्थापना दिवसको अवसर पारेर विद्यालयले विविध कार्यक्रमहरुको पनि आयोजना गरेको थियो । आज भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गौरी शंकर पाण्ड,े विद्यालयका सस्थापकहरु,  उत्कृष्ट शिक्षकहरु, उत्कृष्ट बिध्यार्थीलाई पनि सम्मानित गरीएको थियो ।

 

सम्मनित कार्यक्रम मा बोल्दै प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारिले निजि बिध्यालयले पढाई मात्र नभई बिध्यार्थिको चौतर्फि बिकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको छ । उहांले निजि बिद्यालय बाट सामुदायिक बिद्यालयले धेरै कुरा सिक्नु पर्ने बताउनु भएको थियो ।

 

बिद्यार्थीहरुले आजको कार्यक्रममा सन्देशमुलक गित, नृत्य र नाटक प्रदर्सन गरेका थिए । विद्यालयले पहिलो पटक यस्तो खाले शैक्षिक प्रर्दशनि गरेको हो ।  प्रदशनिको अवलोकनका लागि जनता मावि ज्यामिरे, तेर्से मावि तालामाराङ्ग, ईन्द्रेश्वरी मावि मेलम्ची, भुमेस्थान आधारभुत विद्यालय, सातकन्या मावि, जनजागृति मावि, समता शिक्षा निकेतन, ईष्ट पोईन्ट एकेडेमि, जाल्पादेवि मावि, क्यौलेठाना लगायतका १९  विद्यालयले अवलोकन गरेका छन् । 

 

नेपाल टेलिभिजनको कार्यक्रम प्रतिभाको आँगनको पनि सोमबार विद्यालयमा छायांकन भएको छ । सो छनौट कार्यक्रम छायांकनको क्रममा भएको नृत्य प्रतियोगितामा शुशिल धिताल प्रथम हुनुभएको छ भने रीतीका लामिछाने दोस्रो र तेस्रो आयुषा श्रेष्ठ हुनुभएको छ ।

 

नृत्यमा पहिलो दोस्रो र तेस्रो भएकाहरुलाई प्रतिभाको आँगनको अडिसनमा सहभागि गराईने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिनुभयो । कार्यक्रम बिद्यालय अध्यक्ष दिनेस बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो ।

 

कार्यक्रमको अन्त्यमा बोल्दै व्यावस्थापन समितिका अध्यक्ष बस्नेतले आगामि बर्षहरुमा पनि शैक्षिक पर्दशनि र विद्यालयको भौतिक तथा शैक्षिक विकासमा जोड दिने बताउनुभएको छ ।  


Comments