फटकसिलामा पानिको हाहाकार, भएन डिप बोरीङ्गको सपना साकार
Posted on: Mar 13, 2018


फटकसिलामा पानिको हाहाकार, भएन डिप बोरीङ्गको सपना साकार 


फागुन २९, मेलम्ची


फटकसिलामा यतिबेला पानिको हाहाकार चलेको छ । गुठि समस्याले गर्दा रोकिएको पुर्ननिर्माणको काम पनि यतिबेला सुरु भईसकेको छ ।

 

साविकको २ नम्बरको नेपालथोक भन्ने ठाँउमा मेलम्ची नगरपालिकाको बजेटमा खानेपानिको अभाव टार्न डिप बोरीङ्ग गरीएको छ । करीव सात महिना अधि सो डिप बोरीङ्ग गरीएको हो  ।

 

त्यतिबेला २४ घण्टासम्म निरन्तर पानि आईसकेको भएपनि बजेट अभावका कारण काम रोकिएको थियो । सांसद विकास कोशको १५ लाख रुपैया र नगरपालिकाको ७० लाखभन्दा बडि सो डिप बोरीङ्गका लागि खर्च भईसकेको छ ।

 

अधिल्लो बर्ष नै ७० लाखभन्दा बढिको पाईपहरु खरीद गरीसकेको वडा अध्यक्ष देवेन्द्र घोरासैनिले जानकारी दिनुभएको छ । डिप बोरीङ्गको काम सुरु भएपनि हाल स्थानियलाई खानेपानिको समेत अभाव भईसकेको छ ।

 

खानेपानिकै जोहो गर्न समस्या भईरहेको समयमा घर बनाउन झन कठिनाई हुने स्थानियले बताएका छन् । डिप बोरीङ्ग गर्ने कुराले खानेपानिको समस्या टर्ने आशामा रहेका स्थानियमा यतिबेला निराशा छाएको छ ।

 

सो डिप बोरीङ्ग गरीएको स्थानभन्दा माथि रहेका मुहानहरुपनि डिप बोरीङ्गको काम सुरु भएपछि सुक्न थालेकाले अझ समस्या थपिएको छ । ७२ सालको भुकम्पपछि पानिको मुहानहरु सुक्न थालेको थियो  ।

 

तर हाल गरीएको डिप बोरीङ्गले पनि पानिको मुहान सुकाएपछि डिप बोरीङ्ग गरीएको स्थान भन्दा माथिकालाई झन समस्या भएको छ । अब अर्को पानिको मुहानको पनि विकल्प नभएकाले आफुहरुलाई समस्या थपिएको स्थानियले बताएका छन् ।

 

डिप बोरीङ्गको काम सम्पन्न भएमा ७०० भन्दा बढि घरहरुमा एक घर एक धारा हुने वडा अध्यक्ष घोरासैनिले बताउनु भउको छ । माथि रहेका र पानिको समस्या भएकाहरुलाई पहिला पानिको व्यावस्था गरेर मात्र तलका स्थानियमा पानि ल्याउने अभ्यक्ष घोरासैनिले बताउनुभएको छ । 


Comments