मेलम्चीमा पोषण मेला सम्पन्न
Posted on: Mar 13, 2018


ईन्द्रेश्वरी मावि मेलम्चीमा पोषण मेला सम्पन्न, विद्यार्थीदेखि अभिभावकसम्ममा पोषण बारे जानकारी 


किरण थापा, फागुन २९, मेलम्ची


ईन्द्रेश्वरी मावि मेलम्चीमा पोषण मेला मंगलबार सम्पन्न भएको छ । सोचाई पोषणका लागि युवा र र्वु ईन्पाईर नेपाल नामक संस्थाले सो कार्यक्रम गरेका छन् ।

 

विषेशगरी महिला, शिशु, विद्यालय, समुदाय, महिला स्वास्थ्य सवंसेविका, आमा समुह लक्षित कार्यक्रम २७ गतेबाट सुरु भएको हो । र्वु ईन्पाईर नेपाल  र युनेस्कोको सहयोगमा ५० जना युवालाई दिईएको तालिमपछि यो कार्यक्रमको सुरुवात भएको हो ।

 

विद्यालयमा किशोरीहरुमा हुने रक्त अल्पत्ता, पुड्कोपन लगाएतका विषयमा कार्यक्रम केन्द्रित रहेको थियो । विषेशगरी विद्यार्थीहरुको सोचाई परीवर्तन गर्न कार्यक्रम केन्द्रित रहेको थियो ।

 

विद्यार्थीहरुले प्रयोग गरीरहेको पोषणमा पनि जँक फुडको प्रयोग नगरी घरकै खाना खाने वानिको विकास गर्न प्रेरीत गरेको आयोजक संस्थाको प्रतिनिधि बोनिता शर्माले जानकारी दिनुभएको छ ।

 

ईन्द्रेश्वरी विद्यालयमा भएको सो कार्यक्रममा प्रगति अंग्रजि मावि मेलम्चीले पनि सहभागिता जनाएको थियो । सो पोषण मेलामा सहभागि विद्यार्थीहरुले आफुले विद्यालयमा महिनौं सिकेको भन्दा फरक कुरा सिकेको बताएका छन् ।

 

साथै उनिहरुले आगामि दिनमा आफैं पनि समुदाय स्तरमा यस्ता कुराहरु सिकाउनमा लागि पर्ने बताएका छन् । सो पोषण मेलामा पोषण, महिनावारी, सरसफाई, स्वास्थ्य, मातृशिशु पोषणको बारेमा नृत्य, नाटक र अन्य विधिबाछ सिकाएकाले विद्यार्थीहरु पनि आर्कसित भएका थिए ।

 

विद्यार्थीहरुमा अफैपनि महिनावारीको बारेमा खुलेर बोल्न डराउने गरेको संस्थाको अर्कि प्रतिनिधि नेहा मल्लले जानकारी दिनुभएको छ । सो मेलामा सहभागि अभिभावक तथा महिला स्वास्थय सवयमसेविकाहरुलाई पोषण माला वितरण गरी पोषणको बारेमा जानकारी दिईएको थियो ।

 

उत्त संस्थाले काभ्रे, काठमाण्डौं, ललितपुर, विराटनगर लगाएतका स्थानमा पोषण मेला गरीसकेको छ । आगामि दिनमा सुगममा भन्दा दुर्गममा रहेका विद्यालय र समुदायमा केन्द्रित गरी पोषण मेला सञ्चालन गर्ने लक्ष्य रहेको वु ईन्पाईर नेपालको फिमेल च्याम्पीएन बोनिता शर्माले बताउनुभएको छ । 


Comments