मेलम्ची क्षेत्रमा विद्युत प्राधिकरणको बेथिति
Posted on: Mar 17, 2018


मेलम्ची क्षेत्रमा विद्युत प्राधिकरणको बेथिति, बिनासूचना बत्ती काट्दा नागरिक मर्कामा

किरण थापा, चैत ३ मेलम्ची

नेपाल विद्युत प्राधिकरणको बेथितिका कारण यस भेगका वासिन्दा मर्कामा परेका छन् । बत्ती कति बेला जाने र आउने कुनै तालिका छैन तर बत्ती बेला बेला गइरहेको हुन्छ । पूननिर्माणको काम चलिरहेका बेला विना सूचना  वत्ति जाने गरेकाले पनि झन समस्था थपिएको छ । 

घर निर्माण सम्पन्न हुने बेलामा पनि झ्यालढोका तयार नभएकाले घर निर्माण रोक्नुपरेको मेलम्ची ९ का कृष्णबहादुर मिजारले गुनासो गर्नुभएको छ । 

बिजुलीको अनियमितताले पुर्ननिर्माणमा तोकिएको समयसिमा सम्ममा आफ्नो घर बनाउन सबै सामान जुटाँउदा पनि समयमा झ्यालढोका तयार नहुने हुनाले आफुले पाउने सरकारी अनुदान नै अन्यौलमा पर्ने हो कि भन्ने चिन्ता पनि प्रभावितमा छ । 

अहिले पानीघट्टहरु विस्थापित हुँदै गाँउगाँउमा विजुलिबाट चल्ने घट्टहरु सञ्चालनमा छन् । तर तिन दिन अघिदेखि ल्याएको मकै पिस्न नपाएकाले तेस्रो दिन पनि घर फर्किनुपरेको लाँगर्चेकि फुलमाँया तामाङले गुनासो गर्नुभयो । 

गाँउघरमा अहिले अधिकाँश मेसिनहरु विजुलिबाट चल्ने गरेका छन् । तर समयतालिका विना नै विजुलि जाने समस्याले कुनै पनि काम समयमा सकिनेमा नागरीकहरु ढुक्क हुने अवस्था भने छैन् । 

विषेशगरी गाँउघरमा चल्ने मिल, घट्ट र फर्निचरहरुमा जाँदा कुनैपनि बेला समयमा आफ्नो काम पूरा गर्न नसकेको मेलम्ची ९ रातमाटाका सुरज खड्काको गुनासो छ । तर नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले भने आफ्नो कारणले भन्दा पनि नागरीककै कारणले विजुलि काट्नु परेको बताँउदै आएको छ । 

गाँउगाँउमा बाटो चौडा गर्दा सबैभन्दा बढि विजुलि काटिने गरेको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय मेलम्ची फ्युज सेवा प्रमुख कुमार सापकोटाले जानकारी दिनुभयो । अब आँउदा दिनहरुमा आउने हावाहुरी साथै रुखहरु काट्नु परेको कारण पनि समस्या आएको प्राधिकरणले बताएको छ । 

धेरै लामो समय वत्ति नकाटिने भएकाले पनि सुचना प्रकाशन गर्ने नगरेको प्रमुख सापकोटाले जानकारी दिनुभएको छ । लोडसेटिङ्गको अन्त्य भएको दुई बर्षभन्दा बढि भईसकेको छ । तरपनि मेलम्ची आसपासमा भने प्रायजसो वत्ति जाने गरेकामा स्थानियहरु आक्रोशित भएका छन् । 

साथै क्रसरहरुमा भने संधै विजुलि आउने र आफ्नो घरमा विना सुचना विजुलि जाने गरेको पनि स्थानियले गुनासो गरेका छन् । तर प्रमुख सापकोटाले भने आफ्नो ग्राहक सबै समान भएकाले त्यस्तो व्यावहार नगरेको दावि गर्नुभएको छ । 


Comments