सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १४ जना घाईते
Posted on: Mar 23, 2018


सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १४ जना घाईते 

 

सञ्जय तामाङ, चैत्र ९ मेलम्ची  

काठमाडौंको नारायणटारबाट मेलम्ची आँउदैै गरेको बा २ ख ४३२५ नम्बरको बस दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मेलम्ची नगरपालिका १० शिखरपुरका ४४ वर्षीय चन्द्रबहादुर देउजा, मेलम्ची १० रामपुरका ६० वर्षीय खुमराज अधिकारी र मेलम्ची १२ बासवारीका ५६ वर्षीय तुलसा पराजुली रहेका छन् । शुक्रबार दिउँसो २ बजेर २५ मा मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको तिन घरेमा बस दुर्घटना भएको हो । दुर्घटनामा परी १४ जना घाईते भएका छन् । भोटेचौर प्रहरी पोष्टका अनुसार बसमा २४÷२५ जनामात्र यात्रु रहेको बताईएको छ । बस सडकबाट १२५ मिटर तल खसेको छ । दुर्घटनाका घाइतेहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । केही धाईतेहरुलाई काठमाण्डौंको विभिन्न अस्पताल र केहीको मेलम्चीमा  उपचार भईरहेको छ । नेपालि सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा घाईतेहरुको उद्धार गरीएको हो ।


Comments