बँदेलले कृषकलाई रुवायो
Posted on: Aug 06, 2018


२१ साउन,मेलम्ची । 
इन्द्रावती गाउँपालिका, बाँडेगाउँका किसान बँदेलले दुःख दिएपछि चिन्तित बनेका छन् । बाँडेगाउँ तिनघरेमा रहेका ६५ किसानहरुको मकै बँदेलले पूर्णरुपमा नष्ट गरेपछि किसानमा चिन्ता बढेको हो । भूकम्पपछि दुःख दिन सुरु गरेको बँदेलले यो वर्ष एक हप्तादेखि मकै सखाप पार्दै आएको स्थानीयले जानकारी दिएका छन् । दिनभरि बारीमा मकै कुरेर बस्यो, राति आएर बँदेलले सबै सखाप पारेर हैरान पारेकोे स्थानीय मधुराम आचार्य दुखेसो पोख्नुभयो । बँदेलबाट पीडित बनेपछि स्थानीय कृषकहरुले बँदेल नियन्त्रणको लागि सम्बन्धित निकायमा पहल गरिदिन पनि अनुरोध गरेका छन् ।


Comments