६ महिनादेखि शिक्षक बेपत्ता
Posted on: Aug 10, 2018


 

२५ साउन, मेलम्ची ।

हेलम्बु गाउँपालिका वडा नं २ को  चित्रे आधारभूत विद्यालयका शिक्षक शिवनन्दन यादव गत माघदेखि विद्यालयको सम्पर्कमा आउनुभएको छैन । प्रावि द्वितीय शिक्षक यादव बिनाजानकारी ६ महिनासम्म विद्यालयमा हाजिर नभएपछि गाउँपालिकाले हाजिर गराउन ताकेता गरेको छ । गाउँपालिकाले १५ दिने सूचना निकालेर हाजिर हुन अनुरोध गरेको छ, अन्यथा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।


Comments