अन्तक्र्रिया कार्यक्रम सम्पन्न
Posted on: Aug 10, 2018


२५ साउन, मेलम्ची ।

हेलम्बु गाउँपालिका ६, चनौटे बजारमा समुदायको अगुवाइमा जवाफदेहिताको असल अभ्यास अन्तर्गत अन्तक्र्रिया कार्यक्रम आज सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका स्तरीय महिला अधिकार मञ्च, महिला सञ्जालले सो कार्यक्रम गरेको हो । कार्यक्रममा गाउँपालिकाले महिलाहरुका लागि बिनियोजन गरेको बजेट, यसको खर्च तथा आगामी दिनमा महिलाहरुको उत्थान र सशक्तीकरणका लागि आवश्यक कार्यक्रमहरुको विषयमा छलफल भएको थियो ।  कार्यक्रममा सहभागीहरुले महिलाहरुका लागि छुट्याएका रकम कहाँ, कसरी खर्च भए सो को जानकारी जनप्रतिनिधिहरुसँग मागेका थिए । सहभागीहरुबाट आएका जिज्ञासाहरुको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित, वडा नम्बर ४ का वडाअध्यक्ष राजकुमार लामिछाने र ५ का बडा सदस्य बिर्जित तामाङले प्रष्ट पार्नुभयो । सिएसआरसि र एक्सनएडको सहयोगमा भएको कार्यक्रममा संबिधानसभाकी पूर्व सदस्य डोल्मा  तामाङ, बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रम महिला सञ्जाल हेलम्बुकी रोशनी अधिकारी लामाको अध्यक्षता भएको हो । 


Comments