हैबुङमा ५०५ निजी घर निर्माण सम्पन्न
Posted on: Aug 10, 2018


२५ साउन, मेलम्ची । मेलम्ची नगरपालिका ३, हैबुङमा निजी आवास पुनर्निर्माणसम्पन्न गर्नेलाई प्रमाणपत्र बितरण गरिएको छ । वडाका ७७० घर धुरीमध्ये ५०५ घर निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न गरेका मध्ये १०५ जनालाई आजप्रमाणपत्र बितरण गरिएको छ ।प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौड्यालले पुनर्निर्माण प्राधिकरण र दातृ निकायहरु अझै रहेकाले सरकारले भूकम्प पीडितलाई थप १ लाख प्रदान गर्नुपर्ने बताउनुभयो । भूकम्प पीडितले सरकारको मापदण्ड र प्राविधिकको सल्लाह अनुसार घर निर्माण गर्न पनि अनुरोध गर्नुभयो ।प्रदेश सांसद निमा लामाले ३ नम्बर प्रदेशको भौतिक संरचनालाई छिटो निर्माण सम्पन्न गर्न प्रदेश सरकारलाई जोड गरिरहेको बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले पहिलो किस्ता प्राप्त गर्नेहरुलाई छिटै पुनर्निर्माण सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति आइतमान तामाङ, बद्रि चौलागाई लगायतले हैबुङले निजी आवास पुनर्निर्माण सम्पन्न गरेकामा खुशी व्यतm गर्नुभयो । कार्यक्रमका सभापति तथा हैबुङका वडाध्यक्ष बसन्त गुरुङले भूकम्प पीडित समुदायको मुहारमा चमक ल्याउन सफल भएकामा खुसी व्यक्त गर्नुभयो ।


Comments