​हेलम्बुमा झोलुङे पुल निर्माण
Posted on: Aug 29, 2018


दिपिन ढुङगाना भदौ १३ मेलम्ची । हेलम्बु गाँउपालिका वडा नं १ र ६ लाई जोड्ने चालिसे चिउरीखर्क झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।  गाँउपालिका,  जिल्ला सरोकार समिति, केन्द्रीय सरकार   र SWAP  संस्थाको सहयोगमा ४९ लाख २० हजार रुपियाँ लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो । आज सो पुलको उद्घाटन गर्नुहुँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले छोटो समयमा पुल निर्माण कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले समुदायको आवश्यकता अनुसारको काम गर्ने  बताउनुभयो ।
हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले पुल बनेपछि  धेरै बर्ष अघिदेखिको समस्या समाधान भएकोमा खुसी व्यक्त गर्नुभयो ।  पुल निर्माणको अगुवाइ गर्नु भएकी पार्वती भण्डारीले  आफूले सानोमा पाएको दुःख सम्झेर त्यस्तो दुःख अरु कसैले नपाऊन् भनेर पुल निर्माणमा आफू खटेको बताउनुभयो । उहाँले हेलम्बु गाँउपालिकाको सहयोग र वडा अध्यक्षको सहयोगले नै आफ्नो अगुवाइमा यो काम गर्न सकेको बताउनुभयो ।  


Comments