केबुलकार निर्माण सम्झौता
Posted on: Aug 30, 2018


भदौ १४मेलम्ची ।

भोताङको छिम्तीदेखि पाँचपोखरीसम्म केबुलकार निर्माणको लागि आज सम्झौता भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा र सिन्धु हिमालयन कम्पनी प्रालिका सञ्चालक विष्णुप्रसाद कुइँकेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार ६ महिनाभित्र विस्तृत सम्भावना अध्ययन गरी त्यसको तीन वर्षमा काम सम्पन्न गर्नुपर्ने सर्त रहेको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २  का अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।


Comments