पूर्व ​एमाले जिल्ला कमिटी सल्लाहकार पाण्डेको निधन
Posted on: Aug 30, 2018


भदौ १४मेलम्ची । 
पूर्व एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकका सल्लाहकार शम्भ्ु पाण्डेको हिजो निधन भएको छ । उहाँ लामो समयदेखि अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो । मेलम्ची नगरपालिका वडा नं ११ का पाण्डे लामो समय नेकपा मालेमा रहेर राजनीति गर्नुभएको थियो । पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरी जिल्ला कमिटीको सल्लाहकार बन्नुभएको थियो । उहाँ माले निकट किसान महासंघका केन्द्रीय अध्यक्ष पनि हुनुभयो ।
२०६४ सालको संविधान सभा चुनावमा उहाँ नेकपा मालेका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं ३ का उम्मेदवार हुनुहुन्थ्यो । 


Comments