एकिकृत नगर बिकास गुरु योजनाका लागि बिपद ब्यवस्थापन गोष्ठि सम्पन्न
Posted on: Sep 03, 2018


भदौ १८ मेलम्ची । मेलम्ची नगरपालिकाले एकिकृत नगर बिकास गुरु योजनाका लागि बिपद ब्यवस्थापन तथा जोखिम संबेदनशिलता भूउपयोग योजना अन्र्तगत सरोकारवालाहरुसँगको गोष्ठि आइतबार  मेलम्चीमा सम्पन्न गरेको छ । गोष्ठिमा मेलम्ची नगरपालिकाभित्र कहाँ कहाँ प्राकृतिक बिपत्ति बाढि, पहिरोले क्षति गरेका छन् कुन कुन ठाउंमा चट्याङ, जंगलि जन्तुको आक्रमण, आगलागि, भएका छन् र आगामि दिनमा कसरी योजना बनाएर बिपद ब्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल भएको थियो । पहिलो चरणमा तथ्याङकं संकलन गरी केहि दिनमा बिपद ब्यवस्थापन योजना बनाइने सहरी तथा क्षेत्रिय योजना बिद् बिश्वदेब भट्टराईले जानकारी दिनुभयो ।छलफलमा नगरपालिकाका कर्मचारी वडा अध्यक्षहरु, प्रहरी, सेना, रेडक्रस, स्काउट, पत्रकार लयायतले सबैभन्दा पहिलो प्राथमिकता  बिपद ब्यवस्थापन लाई दिनुका साथै बिपदमा आइपर्ने अत्याबश्यक सामाग्रिको ब्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । मेलम्ची नगरपालिकाका सुचना अधिकारी जितबहादुर कार्कीले नगरपालिकाले आगामि दिनमा अन्य गाउंपालिकासंग समन्वय गरेर बिपद ब्यवस्थापनको सामाग्रि खरीद गर्ने बताउनुभयो । मेलम्ची नगरपालिकाले २७ लाखको बिपद ब्यवस्थापन कोष खडा गरेको छ । 


Comments