बाहिर जस्तो देखिन्छ हेर्दा भित्र नि उस्तै हुदैन मान्छे
Posted on: Jan 01, 1970


थोरै मात्र मान्छे हुन्छन्, मन भित्र सेती नदी बगाएर आँखामा आँशु नदेखाउने, अनि भेट्नै मुस्किल पर्छ, बाहिर जस्तो देखिन्छ मान्र्छे भित्र उस्तै नहुने मान्छे, अरुकै खुट्टा तानेर जीवनभर वाँच्ने मान्छे,आफु राम्रो सव दुनियाँ खराव सोच्ने मान्छे,हरेक रात सिरानी भिजाएर समाजमा सेता दाँत देखाएर हाँसिरहने मान्छे, अनि आफ्ना दुःखहरु अरुलाई सुनाएर गल्ली, चौतारो,धारोमा फलानो विचरा भनेर विचरा बन्ने मान्छेहरु,यि अनेक थरि मान्छेहरुको भिडमा एक इमान्दार, भलाद्मी, लगनशील, कर्तव्यनिष्ट र उदारवादी सोच भएका ४१ वर्षिय मान्छे रेवती रमण दुलाल अथार्त सबैले चिनेको नाम नवराज दुलाल विःस २०३१ साल चैत्र २३ गते बाबु यम नारायण दुलाल र माता गोमा देवीको कोखबाट सिन्धुपाल्चोक मेलम्ची–६ जरायोटारमा जन्मेका दुलाल एक अनौठो मान्छे हुन् । मान्छे यस अर्थमा भन्न खोज्दैछु की अहिले नेपाली समाजमा मान्छेहरुको अभाव छ । भेष मान्छेको भएपनि व्यवहार,चरित्र मान्छेको जस्तो छैन । र ति मान्छेहरुलाई पाखा लगाउन,पछाडी पार्न लागिरहेका छन् मान्छेरुपी मान्छेहरु नै ।
“कहिल्यै खित्का छाडेर हाँस्नु हुन्,कहिल्यै रिसाएको देखेको छैन, एक दमै कम बोल्नु हुन्छ हाँसेरै बोल्नुहुन्छ” यसरी बयान गरे मेलम्चीका मनिष कार्कीले अनि उनी सँगै रहेका हरि प्रसाद धितालले पनि उनी माथि गर्व गदै भने“कर्मठ,विश्वासिलो इमान्दार, कसैको कुरा नकाट्ने, एक पटकको घटना सम्झना गदै उनले थपे ‘एक पटक जग्गा किन्ने बेलामा १ लाख रुपयाँ मागेका थिए म पनि समस्यामा थिए दिन सकिएन यो घटना बारम्बार सम्झीरहन्छु । अझ गम्भीर हुदै उनले थपे यदि पैसा कमाउन सकेको भए यति धेरै उदारवादी मान्छे हुन्’अनि अर्का पुराना बा राम बहादुर सापकोटाले थपे ‘उ जस्तो इमान्दार ब्यक्तीत दुलाल परिवारमा मैले देखेको छैन ।
मलाई लाग्छ उसलाई रिस गर्ने व्यतक्ती नै छैन’ उनले भनेजस्तै उनलाई रिस गर्ने व्यतmी त नहोला, तर जीवनकोे ४१ औ वसन्त पार गरिरहदा नियतीले उनलाई धेरै रिस गरेको छ । रुवाएको छ दुःख दिएको छ ,कहिल्यै भुल्न नसक्ने चोट दिएको छ । तर पनि मेलम्चीमा एक इमान्दार छवि वनाएर वसेका छन् उनले कहिल्यै नछुटाउने शिरमा भएको ढाका टोपी जस्तै उच्च सन्तानको लागि प्रिय पात्र आमाको माया कस्तो हुन्छ, आमाको न्यानो काखको महशुस गर्नै नपाएका उनी ४ वर्षको हुदा उनको आमा अर्कै सँग हिडेपछि आमा विनाको टुहुरो बाबुको यति धेरै माया पाए भन्छन्‘मैले आमालाई कहिल्यै सम्झनु परेन र सम्झीन् ।
भावुक हुदै विगत सम्झे म ८ वर्षको छदा बाबु पनि वित्नुभयो त्यहि साल मेरो व्रतवन्ध गरेको थियो ८ वर्षकै उमेरमा बाबुको काजकिरिया गरे । त्यसपछि उनी वेसाहारा वने टुहुरो भए । तर पनि जीवन त बाँच्नुनै थिया,े विहान बेलुका खानुनै थियो , ठिक के बेठिक के भनेर छुट्याउन नसक्ने उनको उमेर त्यसपछि गाँउका जान्ने सुन्ने,बुझेका आफन्तको पछि लागेर लाहुर जाने, पढाउने भन्दै २०४२ सालमा आफन्तको पछि लागेर काठमाडौ गए । शहर पुगेपछि पनि सवै कुरा कहाँ सहज हुन्थ्यो ररु आफन्तले पढाउन नसक्ने भए र उनीहरुले पनि आफन्तकोमा छाडेर घर फर्के, उनी त्यहि विरानो शहरमा बसे । शुरुवाती दिनहरुमा गलैचा फ्याक्ट्रीमा धागो डल्ला वनाउने काम गरे २ वर्ष काठमाडौको डिल्लीबजार,पुतलीसडकका गल्लीहरुमा रहेका होटलहरुमा भाँडा माझ्ने काम गरे उनको भाषामा होटेलको कान्छो भए । ६ महिना,१वर्ष काम गर्दै छोडदै भौतारिदै हिडे सम्झना गदै भने‘म सबै सँग राम्रो बोल्थे काम इमान्दार पुर्वक गर्थे जुन ठाँउमा काम गरे पनि माया पाउँथे ’ जीवनलाई अगाडी बढाउदै लगे ७ वर्ष ठेकेदारको काम गरे हाउस वाईरिङको त्यो कामबाट धेरै कुराहरु सिके काममा दक्ष भए, त्यसपछि जीवन अलिक सहज हुन्छ की भन्ने महशुस गर्न पाए ।
उनले पहिलाको काठमाडौ सम्झे पहिला शहरमा मानवता थियो अहिले शहरमा मानवता हराएको छ उनले दुःख बिसाए एउटा टुहुरोको लागि शहर त दुइ दिनको पाहुना थियो र उनी ५२ सालमा आफ्नै जन्मस्थान मेलम्ची फर्के । गाउँ फर्के पनि उनको लागि सहज थिएन गाँउ पनि, कहिल्यै हरेश खाएनन्, दुःख कहिल्यै अरुलाइ सुनाएनन आफै सर्घष गरिरहे इमान्दार पुर्वक लगनशील भएर काम गरिरहे , त्यसै साल वैशाक ६ गते सिन्धुपाल्चोक माङखा निवासी रिता सापकोटा सँग वैबाहिक बन्धनमा बाधिए ।
हिजो आफु एक्लो भए जस्तो खाएपनि हुने,नखाए पनि हुने अवस्था रहेन अर्काको छोरी ल्याएपछि भोली समाजमा मजाको पात्र भइन्छ की भन्ने डर थियो उनमा, र एउटा आँट गरे काठमाडौमा ठेकेदार सँग बतिको काम गरेको सिपलाइ प्रयोग गर्दै वि।स २०५४ सालमा महाँकाल काठमाडौ निवासी रघु घिमिरे सँग पैसा पछि दिने शर्तमा रु ४० हजारमा विजुली पसल किने र त्यो ऋीण तिर्नलाइ ४ वर्ष लाग्यो । र अहिले त्यही १९ वर्ष अगाडी किनेको पसलमा ढाका टोपीमा सजिएर मुसुमुसु हाँस्दै ब्यापार गरिरहेका छन्, मेलम्ची इलेक्ट्रिक सेन्टरका प्रोपाइटर भएका छन साथमा अर्को व्वसाय मेलम्ची रेन्ट एण्ट टेन्ट हाउस जसमा उनले २० जनालाई रोजगार दिएका छन् । राजनितीमा पनि सक्रिय उनी भएका छन् काठमाडौ रहदानै ४७÷४८ सालतिर हसियाँ हतिवडा र चारतारे झण्डा देखे त्यो खुब मन पर्यो मदन भण्डारीको भाषण सुने र तेतै आकर्षित भए ।
उनले पछि थाहा पाँए त्यो झण्डा कम्निष्टको रहेछ, एक समय गाँउ गाँउमा पार्टीको कलाकार भएर गित गाउदै हिडे उनको भाषामा एमालेको दमाई९यसको अर्थ अन्यथा नलागोस० त्यसवेला उनलाई जीवन शर्माको गित सिमली छाँयामा बसी भन्ने गित खुब मनपथ्र्यो र अहिले पनि उतिकै, यो गित रमाइलो माहोल हुदा खुशी हुदै भने गाउछु पनि , उनी अहिले सिपा क्षेत्र न स्३ को ने क पा एमालेको क्षेत्रिय कमिटीको सचिवालय सदस्य, नेपाल राष्ट्रिय वाणिज्य सँघको सदस्य,इन्द्रवती क्याम्पसको आजिवन सदस्य लगायत विभिन्न सँघ सँस्थामा आवद्व छन । रिस उठेको बेलामा नबोल्ने स्वभावका उनीलाई जीवनमा सबैभन्दा दुःख लागेको क्षण सहकर्मी साथी पत्रकार एवम् शिक्षक ज्ञानेन्द्र खड्का र कंंन्चन प्रियदर्शी मारिदाको घटना सम्झीदा अहिले पनि उनको मन अमिलो हुन्छ ।
अनि गतबैशाख १२ गतेको भुकम्पले उनलाई पनि छोडेन, ठुलो पिडा दियो पिडा सुनाउदै भने “गाँउको घर त सबैको भत्कियो वजारको पनि गयो अहिले भाडामा बस्ने गरेका छौ । म राहत लिन कहि पनि गइन भुकम्पको अघिल्लो दिन ११ गते काग्रेँसको कार्यक्रमा क्याटरिङको समान लगेको थिए, भोलिपल्ट लिन जाने भन्दा भन्दै भुकम्प आयो सबै समान पुरियो केहि भाडा र थाल निकाले र सबैलाई बाडिदिए”८ रोपनीमा लगाएको फलफुल खेती पनि लथालिङ बनायो १छोरी २ छोराको बाबु उनी छोराछोरीले राम्रो पढेर आफै सक्षम भएको देख्न चाहेका उनले आफ्नो लक्ष्य सुनाए‘कृषि फर्म दर्ता गरेर व्यवसाहिक फलफुल खेती गर्ने जसबाट ५÷१० जनाले रोजगार पाउछन् ’ एउटा पार्टी प्यालेस र रिसोट खालेर १०० भन्दा बढिलाई रोजगार दिने सपना देखेका छन् र पुरा गर्न लगनशील भएर लक्ष्य तर्फ अगाडी बढिरहेका छन ।
स्थानिय युवा महेश दुलाल को नजरमा आन्तरिक स्वभाव , अरुको कहिल्यै भर नगर्ने, विना पुर्वाग्रहको मिलनसार ब्यतिmत्वका धनी रेवती रमण अर्थात नवराज दुलालको सपना पुरा होस् । ८ वर्षको उमेरमा बाबुको किरिया गरेर हिडेको बालक, आज १०० भन्दा बढिलाई रोजगार दिनसक्छु भनेर कम्मर कसेर लागेका छन यस्ता इमान्दार कर्मठ नवराजहरु नेपालका धेरै छन त्यसैले सम्भावना देशमै खोजौ राज्यले आफ्नो दायित्व बहन गरोस देशमै छ अथाह सम्भावना दुलाल एक देशको प्रतिनिधी पात्र मात्र हुन जय होस् ।

 


Comments