​मेलम्चीमा हाजिरी जवाफ सम्पन्न
Posted on: Sep 28, 2018


असोज १२ मेलम्ची । टिच फर नेपालको आयोजना र लायन्स क्लब, काठमाडौँको सहयोगमा शुक्रबार इन्द्रश्वरी माध्यमिक विद्यालय मेलम्चीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा टिच फर नेपालले शिक्षक सहयोग गरेका सात वटा विद्यालयबीच भएको प्रतियोगितामा कालिका चेतना माध्यमिक विद्यालय फटकशिला पहिलो, तेर्से माध्यमिक विद्यालय तालामाराङ दोस्रो र महाकाली माध्यमिक विद्यालय गिरानचौर तेस्रो भएको छ । पहिलोे दोस्रो र तेस्रो हुनेलाई क्रमशः ट्रफी, मेडल, कप, र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले टिच फर नेपालको सिर्जनात्मक कार्यको प्रशंसा गर्दै यस्ता क्रियाकलापले विद्यार्थीहरुको शैक्षिक तथा बौद्धिक क्षमतामा बृद्धि हुने बताउनुभयो । 


Comments