​वारको अधिवेशन सम्पन्न,अध्यक्षमा ढकाल उपाध्यक्षमा घिमिरे
Posted on: Oct 01, 2018


असोज १५ मेलम्ची । जिल्ला वार इकाइ सिन्धुपाल्चोकको १४ औं अधिवेशन तथा २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार चौतारामा सम्पन्न ईकाईको अधिवेशनले अधिवक्ता भेषराम ढकालको  अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभाले उपाध्यक्षमा अमित घिमिरेलाई र्निविरोध चयन गरेको छ । अमित घिमिरे रेडियो  मेलम्चीबाट प्रशारण हुने जमानाका प्रस्तोता पनि हुनुहुन्छ । त्यस्तै बारको अन्य पदाधिकारीहरुमा सचिवमा भुपेन्द्र थिङ र कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा पुण्य खनाल, मकरबहादुर उदास, यज्ञप्रसाद दंगाल, मधुकर मल्ल र शशीनाथ आचार्य चुनिएका छन् । त्यसैगरि  केन्द्रिय पार्षदमा हरिबहादुर कार्की चयन हुनुभयो ।
जिल्ला न्यायधीश टीकाराम आचार्यको प्रमुख अतिथित्वमा सम्पन्न साधारणसभामा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी लगायतको उपस्थित थियो । वार जिल्ला ईकाईको साधारणसभामा बोल्दै जिल्ला न्यायधिश आचार्यले बार र बेन्चको सुमधुर सम्वन्ध स्थापित हुँदा मात्र प्रभावकारी  न्याय सम्पादन गर्न सकिने बताउनुभयो ।  सरकारी वकिल सन्तोषराज कटुवालको संयोजकत्वमा निर्वाचन मण्डल गठन भई अधिवेशन सम्पन्न भएको थियो । 


Comments