​हेलम्बुको शिरीसेमा शुभकामना आदानप्रदान सम्पन्न
Posted on: Oct 04, 2018


असोज १८ मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकभित्रको शैक्षिक सुधारमा निरन्तर लागि परेको बताउनुभएको छ । उहाँले ५ वर्षभित्र गाउँपालिकाको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेरै छाड्ने बताउनुभएको छ । शिरीसेको भन्ज्याङ आधारभूत विद्यालयले आयोजना गरेको विजया दशमी तथा दिपापलीको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष हर्कबहादुर तामाङले शैक्षिक सुधारका लागि एक जना मात्र लागिपरेर नहुने भन्दै सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थीहरु लागिपर्न आग्रह  गर्नुभएको भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक लाक्पा तामाङले जानकारी दिनुभएको छ । 


Comments