न्यायीक समिति सम्बन्धी नितिगत संवाद कार्यक्रम सम्पन्न
Posted on: Oct 04, 2018


असोज १८ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा महिला अधिकार र न्यायीक समिति सम्बन्धी नितिगत संवाद बिहिबार सम्पन्न भएको छ । मेलम्ची नगरपालिका इन्द्रावति गाउँपालिका र जुगल गाउँपालिकाका न्यायीक समितिका सदस्यहरु र सरोकारवालाहरु कार्यक्रममा सहभागि भएका थिए । सर्वोच्च अदालत वार यसोसियसनका कोषाध्यक्ष सरोज कृष्ण घिमिरेले न्यायका मान्य सिद्धान्तहरु, नयाँ ऐन लगायत न्यायीक समितिले के के गर्नेे अधिकार के के छ भन्ने बिषयमा जानकारी गराउनुभएको थियो । राजौतिक धारबाट आएकाहरुलाइ कानुन सम्बन्धमा जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको महिला आत्म निर्भरता केन्द्रकी लैङ्गिक अधिकृत सँगिता श्रेष्ठले जानकारी दिनुभयो ।
सहभागिहरुले यस्ता कार्यक्रमबाट स्थानिय स्तरमा न्याय सम्पादन गर्न सहयोग पुग्ने बताउनुभयो  । कार्यक्रम अक्सफामको सहयोग र महिला आत्मनिर्भता केन्द्र लगायत सँस्थाको सहजिकरणमा भएको थियोे । 


Comments