माया लाग्छ निष्ठुरी को सार्वजनिक
Posted on: Oct 13, 2018


सागर खड्का असोज २७ मेलम्ची । ओ.एस नेपालको उत्कृष्ट लोक पप म्युजिक अवार्डबाट सम्मानित गायक तथा ई बीरेन्द्र श्रेष्ठकोे पहिलो पटक नेपालि स्रोता माझ आधुनिक गायन अनि बेमेल प्रेम कहानीमा आधारित गीत तथा भिडियो “माया लाग्छ निष्ठुरी को” शुक्रबार सार्वजनिक भएको छ । लोक पप सांगितिक विधामा अत्याधिक रुचाइएका गायक श्रेष्ठले आधुनिक गित संगितमा पनि आफुलाई अब्बल साबित गर्नुभएको छ । 
दशैको अवसरमा सार्वजनिक भएको गितमा संगीतकार बिनय वर्मा, एरेन्जर विशन मानन्धर र एडिट राहुल प्रधान ले गर्नुभएको छ । गितमा सामिप्य श्रेष्ठ, श्रृष्टि खड्का, र निर्मल खत्रिले उत्कृष्ट अभिनय पस्किनुभएको छ । भिडियोको निर्देशक राहुल प्रधानले गर्नुभएको छ । यसअघि श्रेष्ठको करिब २ दर्जन उत्कृष्ट गितहरु स्रोतामाझ आइसकेको छ । भिडियो बीरेन्द्र श्रेष्ठको यु्ट्युब च्यानलमा गएर हेर्न सकिनेछ । https://www.youtube.com/watch?feature=youtu.be&v=JPw9WM_fphI&app=desktop


Comments