इन्द्रावतीका कर्मचारी द्धारा आर्थिक सहयोग
Posted on: Oct 16, 2018


३० असोज मेलम्ची । ईन्द्रावती तेस्रो जलविद्युत केन्द्रका कर्मचारीहरुले आर्थिक संकलन गरि मेलम्ची नगरपालिका ९ का भुमिहिन एक बृद्ध दम्पतीलाई सोमबार सहयोग गरेका छन् । ७३ बर्षिय राम बहादुर दनुवार र दमन्ता देबि दनुवारलाई कर्मचारीहरुबाट संकलित ३५०० नगद सहित खाध्यान्न सहयोग गरेको विद्युत गृहका निमित्त प्रमुख वसन्त लाल कर्णले जानकारी दिनु भयो। भुमिहिन निज बृद्ध दम्पतिको साहारा दिने कोहि नभएको र बृद्ध भत्ता बाट नै गुजारा चलाइरहेकाले थोरै भए पनि दसैंको बेलामा आर्थिक तथा खाध्यान्न सहयोग गरिएको कर्मचारी युनियनका अध्यक्ष केशर बहादुर कुवंरले बताउनु भयो।


Comments