​मेलम्चीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
Posted on: Nov 03, 2018


सागर खड्का, १७ कात्तिक मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची ब्याडमिन्टन टिमको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा  ८ महिला र ८१ पुरुष गरी ८९ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रहरी, पत्रकार लगायत धेरैजसोले पहिलो पटक रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य मजोजकुमार थापाले स्वस्थ व्यक्तिले रक्तदान गरी मानव जीवन बचाउन सहयोग गर्नुपर्ने बताउनुभयो । गाउँगाउँमा चेतना फैल्याई रक्तदान गर्न प्रोत्साहित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । समाजसेवी श्याम खड्काको संयोजनमा भएको कार्यक्रममा व्यवसायी जनकलाल श्रेष्ठले रक्तदातालाई फलफूल तथा अतिथिहरुलाई खानाको व्यवस्था गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेल लगायतको उपस्थितिमा भएको कार्यक्रमलाई मेलम्चीका विभिन्न शैक्षिक, वित्तीय संस्था र स्थानीयले सहयोग गरेका थिए ।  


Comments