महिलाहरुको शसक्तिकरण कार्यक्रम सक्रिय बन्दै
Posted on: Nov 26, 2018


सागर खड्का १० मंसिर मेलम्ची । महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र अक्सफाम नेपालको आर्थिक सहयोगमा नेपाल भुकम्प पुर्नलाभ तथा पुर्ननिर्माण परियोजना अन्र्तगत महिलाहरुको शसक्तिकरण कार्यक्रम सक्रिय बन्दै गएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान चलिरहदा संस्थाले आफ्नो सक्रियता पनि बढाउदै गएको हो । संस्थाको परियोजना अन्र्तगत सोमबार मेलम्ची नगरपालिका १२ गिरानचौरमा फुलबारी सामुदायिक छलफल केन्द्रमा महिलाहरुले आफ्ना हक अधिकार र सरकारी सेवा सुबिधा कसरी प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा अन्र्तक्रिया गरेका छन् । कार्यक्रममा सहभागिहरुले पुरुषसरह महिलाहरुको हक अधिकार समान हुने भएकाले समाजमा महिलाहरुले पनि नेतृत्वदायि भुमिका पाउनु पर्नेमा आवाज उठाएका छन् । करिब ३० जना महिलाहरुको सहभागितामा भएको उक्त छलफलको संचालन परियोजनाको सहजकर्ता सिर्जना तामाङले गर्नुभएको थियो । नेपाल भुकम्प पुर्नलाभ तथा पुर्ननिर्माण परियोजना अन्र्तगत हाल जिल्लाका जुगल, हेलम्बु, इन्द्रावती र मेलम्चीमा कार्यक्रम संचालन भैरहेको महिला आत्म निर्भरता केन्द्र मेलम्चीको लैङिगक अधिकृत संगिता खड्काले जानकारी दिनुभयो । 

छलफलमा परियोजनाको कार्यक्रम अधिकृत उमेश नकर्मि , जनस्वास्थ कार्यक्रम अधिकृत रमेश श्रेष्ठ, स्वयंमसेवक प्रनिशा दनुवार र मेलम्ची नगरपालिका १२ का वडा सदस्य बिनोद नेपालको सहभागिता रहेको थियो । 


Comments