नवलपूरमा प्रथम क्षेत्रीय नवलपूर कप हुने
Posted on: Dec 25, 2016


कृष्ण ढुंगाना 

नवलपूर । सर्बाधिक पुरस्कार राशी भएको प्रथम क्षेत्रीय नवलपुर युनाइटेड कप फुटबल प्रतियोगिता सिन्धुपाल्चोकको नवलपुरमा आयोजना हुने भएको छ । माघ १ गतेबाट सुरू हुने खेल माघको १५ गते सम्म जारी रहने स्थानीय फुलमान तामाङ ले जानकारी दिनुभयो । खेल बाँडेगाउको ऐसुलुखर्कको मैदानमा हुने बताइएको छ ।

क्षेत्रीयस्तरको यस खेलमा प्रथम हुने टिमले नगद एकलाख एघार हजार एक सय ११ रुपैँया सहित मेडल, कप र प्रमाणपत्र, द्धितिय हुनेले ५१ हजार १ सय ५१ रुपैँया, मेडल कप प्रमाण पत्र तथ तृतिय हुनेले २१ हजार १ सय २१ रुपैँया नगद सहित मेडल कप र प्रमाणपत्र सहितको पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद १० हजार,उत्कृष्ट किपरले ५ हजार, उत्कृष्ट डिफ्रेन्डरले ५ हजार, सर्बाधिक गोलकर्ताल नगद १० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चीन लामाले बताउनुभएको छ । क्लबले यसअघि विजय दशमीको अवसरमा बाँडेगाँउमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।


Comments