आधारभुत शिक्षा सुनिश्चितता अभियान सम्बन्धी अन्तक्र्रिया
Posted on: Mar 13, 2017


मेलम्ची, ३० फागुन । 
आधारभुत शिक्षा सुनिश्चितता अभियान सम्बन्धी एक दिने अभिमुखिकरण तथा अन्तक्र्रिया कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको सो कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. ३ का ३८ वटा साुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा सामुदायिक अध्ययन केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
इन्द्रेश्वरी मावि स्रोतकेन्द्रमा भएको कार्यक्रममा शैक्षिक सत्र २०७४ भित्र जिल्लालाई आधारभुत शिक्षा सुनिश्चिततायुक्त जिल्ला घोषणा गर्ने लक्ष्य सहित आगामी बैशाखभित्र विद्यालय नगएका १६ वर्ष मुनिका बालबालिकाको लगत संकलन गर्ने र त्यसरी पहिचान भएका बालबालिकाहरुलाई कुनै न कुनै रुपबाट विद्यालय शिक्षामा समाहित गर्ने गरी सबैलाई विद्यालयको पुहुँच सुनिश्चित गरिने सरकारी कार्यक्रम रहेको इन्द्रेश्वरी उच्च मावि स्रोत केन्द्रका स्रोत व्यक्ति भीमबहादुर कार्कीले जानकारी दिनुभयो । 
साविकका गाविस स्तरमा सामुदायिक अध्ययन केन्द्र र केन्द्र नभएका गाविसका हकमा उच्चतम तहको विद्यालयले अभियान सञ्चालनको अगुवाइ गर्नेछन् । 
 


Comments