​मेलम्ची नगरपालिकाको सार्वजनिक सुनुवाइ
Posted on: Mar 14, 2017


मेलम्ची १, चैत्र । 
अनुशासन, जवाफदेहिता र पारदर्शिताको लागि मेलम्ची नगरपालिकाद्धारा सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न गरेको छ । स्थानीय सरोकारवाला राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, अन्य सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा उपस्थित भएर स्थानीय सरोकारवाला नागरिकहरुले नगरपालिकाद्धारा सम्पादित पछिल्लो चौमासिक गतिबिधिको बारेमा गुनासा तथा प्रतिक्रिया राखेका थिए । नगर क्षेत्रको फोहोर व्यवस्थापन, फटकशिलाक्षेत्रमा पुननिर्माणको पहिलो किस्ता पाउन नसकेको, बालमैत्री स्थानीय शासन, ग्रामीण सडक सुधार, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय सम्म ल्याउने लगायतका विषयमा उठेका सवालहरुको माथी कार्यकारी अधिकृत पूर्ण प्रसाद दुलालले सम्बोधन गर्नुभएको थियो ।
स्थानीय निकाय सार्वजनिक सुनुवाइ कार्यबिधि २०६७ अनुसार प्रत्येक स्थानीय निकायले हरेक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।


Comments