Dambar rasic Bharati

Nickname:Rasic

DOB:

Zodiac:

Fav. One Liner:

Frequently Spotted at:


About Dambar rasic:

डम्बर रसिक भारती साहित्यकार तथा पत्रकार हुन् । उनका दुई लघुकथा संग्रह, एक बालउपन्यास र बालकथा संग्रह प्रकाशित छन् । सिन्धुपाल्चोकमा हवाई पत्रिकामार्फत् पत्रकारिता आरम्भ गरेका भारती अढाइ दशकदेखि साहित्यिक पत्रकारितामा सक्रिय छन् । उनकै सम्पादनमा जिल्लाबाट जमघट नामक साहित्यिक पत्रिका निस्कन्छ । उनले इसिआर एफएम, रेडियो नमोबुद्ध हुँदै शुरु गरेको रेडियो कर्म रेडियो मेलम्चीमा आएर निरन्तर चल्दो छ । रेडियो मेलम्चीका पनि संस्थापकमध्येका एक हुन् भारती । उनले रेडियोमा प्रस्तुत गर्ने आख्यान जस्ता कार्यक्रमले श्रोताको मन जितेको छ । नेपाली साहित्यका साथै आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर भारती नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सचिव समेत हुन् । अहिले रेडियो मेलम्चीको अध्यक्षको जिम्मेवारीमा छन् ।

Comments